गोपालधर्मशालामा ५० वेडको क्वारेन्टाइन तयारी अवस्थामा

धनुषा, ०७७ जेठ ६ गते ।
जनकपुरधाम उप–महानगरपालिकाले नगरको वडा नं. ४ स्थित गोपालधर्मशालामा ५० वेडको क्वारेन्टाइन जेठ ६ गतेदेखि संचालनको लागि तयारी गरेको छ ।

उपमहानगरपालिकाले जनकपुर–६ स्थित स्वस्तिक नर्सिङ्ग होममा २५ वेडको क्वारेन्टाइन सञ्चालन गर्दै आइरहेको छ । संक्रमितको संख्या बढ्दै गएपछि गोपालधर्मशालामा समेत क्वारेन्टाइन संचालनमा ल्याइएको मेयर लालकिशोर साहले जानकारी दिनुभएको छ ।


अहिले ५० वेडको क्वारेन्टाइन निमार्ण गरिएको भएपनि पछि आवश्यकक्ता अनुसार वेड र स्वास्थ्यकर्मी थपिदै जाने जनकपुरधाम उप–महानगरपालिका मेयर साहले बताउनुभयो । क्वारेन्टाइनमा वाइफाइ, २४ सैं घण्टा विजुली, खानेपानी, पौष्टिकयुक्त सन्तुलित खानाको समेत प्रवन्ध गरिएको छ । क्वारेन्टाइनमा मच्छर धुप, नयाँ तन्ना, मच्छरझुल, सिरानी, मच्छर धुप पनि छ । संक्रमणवाट बच्न खानै पर्ने तातोपानीका लागि विद्युतिय उपकरण सहित मिनिरल वाटर, साबुन, मास्क, ब्रस र जिविया सहित तुथ पेष्ट समेतको सुविधा गरिएको छ ।


संक्रमितको संख्या थपिदै गएको खण्डमा जनकपुरधाम उमनपा–२४ बसहियास्थित जनकपुर इन्जिरियरिङ कलेजको भवनमा समेत क्वारेन्टाइन निमार्ण गर्ने तयारीमा उपमहानगरपालिका रहेको उपमेयर रिता झाले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार