तत्कालिन मधेशी राष्ट्रीय जनतान्त्रिक पार्टी (क्रान्तिकारी)का चाणक्य पक्राउ


दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७७ जेठ ७ गते ।

नेपाल सरकारद्धारा प्रतिवन्धित २०६२÷०६३ को मधेश आन्दोलनपछि तराइ मधेश क्षेत्रलाई लक्षित गरि संचालित सशस्त्र भूमिगत समूह मधेशी राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


क्रान्तिकारी समुहका सदस्य रहेका कमला नपा–७ सिग्याही मडानका ‘चाणक्य’ भनिने विजय यादवलाई प्रदेश प्रहरीले जेठ ६ गते गिरफतार गरिएको प्रदेश प्रहरी प्रमुख पद्यमुन्न कार्कीले जानकारी दिएका छन् ।


गिरफतार परेका यादव २०७३ साल फागुन १ गते सिरहाको कल्याणपुर नपा–८ अरंग ( साविकको मझौलिया गाविस–५ ) बस्ने लालु खानलाई गोली प्रहार गरी घाइते बनाउँदै खानको ना.३८प १३३४ नम्बरको मोटरसाइकल समेत खोसेर लगेको घट्नाका फरार अभियुक्त रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।


घरमै लुकेको विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर उमेशमान अमात्यको टोलीले गिरफतार गरि जिल्ला प्रहरी कार्यालय सिरहालाई जेठ ६ गते साँझ नै जिम्मा लगाइएको प्रदेश प्रमुख डिआइजी कार्कीले बताएका हुन् ।


गिरफतार यादवविरुद्ध हत्या, अपहरण, शरिरबन्धक, चन्दा असुली, चोरीलगायतको अपराधिक घटनाहरु विभिन्न प्रहरी कार्यालयमा दर्ता रहेकाले उनको बारेमा थप अनुसन्धान भई रहेको छ ।

धेरै पढिएको

ताजा समाचार