प्रदेश २ मा १३७ काेराेना सङ्क्रमित,२ उपचार पश्चात डिस्चार्ज

जनकपुर,०७७ जेठ ८ गते ।

प्रदेश २ मा हालसम्म १ सय ३७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। जसमध्येसप्तरीमा एक, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा पाँच, रौतहटमा २२, बारामा पाँच र पर्सामा ९१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

१ सय ३७ कोरोना सङ्क्रमित मध्ये दुई जना उपचार पश्चात डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनुभयो।


प्रदेश २ मा जेठ ७ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ६ हजार ६ सय २३ जनाको स्वाब
सङ्कलन गरिएकोमा ५ हजार ८३ जनाको रिपोर्ट नेगेटिभ र १ सय ३७ जनाको रिपोर्ट पोजेटिभ
आएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले बताउनु भयो । १ हजार ४ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

जेठ ७ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय २८ जनाको गरिएकोमा ५ हजार ८ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने१२ जनाको रिपोर्ट पोजेटिभ आएकोछ । प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको७ हजार ३ सय ५६ बेड क्षमताको २ सय १२ ओटा क्वारेन्टाइनमा ४ हजार ७ सय ७ जना व्यक्तिलाई राखिएको घिमिरेले बताउनु भयो ।


उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ४ हजार ९ सय ६६ जना व्यक्तिहरू होमक्वारेन्टाइनमा रहेका छ भने ४ सय ४७ बेड क्षमताको आइसोलेशनमा १ सय ३७ जना उपचारार्थ छन्।
नगवा स्थित बौद्धिमाई नजिक बीच गाउँमा रहेको बाबा होटलको भवनमा आइसोलेशन तथा
क्यारेन्टाइन बनाउन लागेको भन्दैस्थानीय बासिन्दाले विरोध जनाउँदैसडकमा प्रदर्शन गरेका छन् ।


पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी सहित केन्द्रबाट आएको क्राइसीस म्यानेजमेन्ट कमिटीको अनुगमन टोलीले जेठ ७ गते बीरगंज महानगरपालिकाको सम्भावित ठाउँको अनुगमनको गर्ने क्रममा नगवाको बाबा होटलको समेत अनुगमन गरेको थियो ।

होटलको अनुगमन पश्चात अनुगमन टोली फर्के लगत्तै भेला भएका स्थानीयले आइसोलेशन वा क्वारेन्टाइन बनाउन नदिने भन्दै विरोधमा उत्रेका थिए । घनावस्ती बीच स्थापना गरिने आइसोलेशन वा क्वारेन्टाइनमा बस्न आउने सङ्क्रमितबाट नैपूरैगाउँमा सङ्क्रमण फैलन सक्ने भन्दै उनीहरूले विरोध जनाएका छन्।

स्थानीय प्रशासनले यहाँको सर्वदलीय तथा स्थानीयसँग कुनै प्रकारको छलफल नै नगरी
कोरोना सङ्क्रमणको आशंका लागेका व्यक्तिलाई यहाँ राख्न लागेको भन्दै विरोधमा उत्रिएको वडा
अध्यक्ष श्यामबाबु चौरसियाले बताउनुभयो।

धेरै पढिएको

ताजा समाचार