• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषाको सवैला क्वारेन्टाइनको अवस्था अस्तव्यस्त

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ८, २०७७, ७:३६ PM
0
धनुषाको सवैला क्वारेन्टाइनको अवस्था अस्तव्यस्त

धनुषा, ०७७ जेठ ८ गते ।
सबैला नपा–१२ वरकुर्वामास्थित श्री फकिरचन्द गामी माविमा ०७६ चैत १४ गतेदेखि संचालन गर्दै आएको ५० वेडको क्वारेन्टाइन मापदण्ड विपरित सञ्चालन हुदै आएको क्वारेन्टानमा बसेका युवाहरुले गुनासो गर्नुभएको छ ।

सवैलाका मेयर विजयशंकरप्रसाद साहको संयोजकत्वमा गठित समितीलाई क्वारेन्टाइनमा आवश्यक सामग्रीको बन्दोवस्त गर्न ५० लाख रुपैयाँको कोरोना कोषमार्फत निकासा गरेको छ ।


६१ जना रहेको क्वारेन्टायनमा शौचालय भने २ वटा मात्रै रहेको छ । साझँ विहान शौच गर्न पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको क्वारेन्टानमा बस्नेहरुले गुनासो गर्नुभएको छ ।

सवैला नपाले संचालन गर्दै आएको क्वारेन्टाइनमा खाना समेत गुणस्तरिय नदिएको भारतको गुजरातबाट फर्केर क्वारेन्टाइनमा विगत १० दिनदेखि बस्दै आएका युवा चन्द्रदेव मिश्रले गुनासो गर्नुभयो । थालीमा भात हाल्ने बित्तिकै ठुस्स गन्हाउन थाल्छ ।

त्यही भात खाएर मलाई दुई दिनदेखि पखाला लागिरहेको क्वारेन्टाइनमा बस्ने पविन्द्र मण्डलले बताउनुभएको छ । बिहानको खाना दिउँसो १२ बजेपछि मात्र दिने गरेको र आफुहरुले क्वारेन्टाइनका व्यवस्थापन समिति सदस्य रहेका वडाध्यक्ष प्रदिप महतोलाई गुनासो गर्दा तिमीहरुले कोरोना लिएर आएको भन्दै हप्काउने गरेको चन्द्रदेव मिश्रले बताउनुभयो ।


क्वारेन्टाइन रेखदेखमा खटिएका वैशाख २७ गतेदेखि निरन्तर खटिएका इलाका प्रहरी कार्यालय सबैलाका हवल्दार मन्दिप पटेलले बिहान शौच गर्न पनि बोतलमा पानी बोकेर खुला ठाउँमा जानु पर्ने बाध्यता रहेको बताउनुभयो ।


क्वारेन्टाइनमा मास्क, ग्लोब्स, सेनिटाइजरको व्यवस्थापन नहुँदा क्वारेन्टाइनमा बस्ने र सुरक्षाकर्मीहरुलाई समेत निकै समस्या भई रहेको छ । अहिलेसम्म क्वारेन्टाइनमा बसेकाहरुको सामान्य स्वास्थ्य परिक्षण समेत नगरेको युवाहरुले गुनासो गर्नुभएको छ ।


क्वारेन्टाइनका स्वास्थ्य संयोजक रामदुलार यादवलाई यसबारेमा सोधपुछ गर्दा क्वारेन्टाइनमा बसेकाहरुको अस्पतालमा जस्तो बेड बेडमै पुगेर स्वास्थ्य जाँच गरिरहनु पर्ने आवश्यकता नभएको बताउनुभयो । अहिलेसम्म क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था राम्रै रहेको बताउनुभयो । क्वारेन्टाइनमा बसेको अवधिमा कसैलाई ज्वरो लागेको जानकारी भए तत्कालै शरिरको तापक्रम जाँच गरिने बताउनुभयो ।


वडाध्यक्ष प्रदिप महतोले हाल वडाध्यक्ष भागीरथ महतो क्वारेन्टाइन उपसंयोजक रहनुभएकाले गर्दा पहिले चामल कतरनी प्रयोग हुदै आएकोमा अहिले गाउँघरकै सोनामंसुरी चामलको प्रयोग भएको आफुले समेत सुनेकाले गर्दा क्वारेन्टाइन अनुगमन गर्न आफु जाँदै गरेको फोनमा बताउनुभएको छ । बेडक्षमताभन्दा बढी व्यक्तिहरुको एकाएक आएकाले व्यवस्थापनमा अलि समस्या हुदै आएकाले सुधार गरिने उहाँले बताउनुभयो ।

यता, सवैलाका उपमेयर निलुदेवी कापरले नेपाल सरकारको मापदण्डविपरित क्वारेन्टाइन निमार्ण गरि आश्वयक पूर्वाधार तयार गर्नुपर्ने अडान राखेपछि केही दिन अगाडी नगरकाो कार्यपालिकाको बैठकमा मेयर र उपमेयर पक्षविच हात हालाहालदेखि अश्लिल गालीगलौज समेत भएको थियो ।


उपमेयर निलुदेवी कापरले मेयर विजयशंकर प्रसाद साहले नगरमा वितरण गरिएको राहत देखि क्वारेन्टाइन व्यवस्थापनमा समेत भ्रष्ट्राचारी गर्दै आएको दावि गर्नुभएको छ । उपमेयर कापरका अनुसार आफुलाई कुनै पनि जिम्मेवारी नदिई केही वडाध्यक्षलाई आफनो फेवरमा राखेर जवरजस्ती काम गर्ने गरेको छ । हिसाव किताव पारदर्शि गरेको छैन् ।


मेयर साहले सवैलामै घर हुँदा हुँदै जनकपुरमा डेरा गरि बसि रहेको र डेराभाडा, दैनिक जनकपुर देखि सवैला आउने जाने लगायत भान्छेसमेतको तलव नगरबाट लिदै आएको बतानुभयो । उहाँले भन्नुभयो नगरको क्वारेन्टाइनमा आफुले समेत निकै समस्या रहेको गुनासो सुन्दै आएकोले सुधार गर्न पटकपटक आग्रह गर्दा समेत नगरप्रमुख साहले नटेरेको गुनासो गर्नुभयो ।


सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

17 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

18 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In