• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सरकारलाई १७ खर्बको बजेट, जिडिपीको ५ प्रतिशत राहत प्याकेज ल्याउन सुझाव

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ९, २०७७, ७:०९ AM
0
सरकारलाई १७ खर्बको बजेट, जिडिपीको ५ प्रतिशत राहत प्याकेज ल्याउन सुझाव

काठमाण्डौं, ०७७ जेठ ९ गते ।

नोवेल कोरोनाभाइरसबाट लाग्ने कोभिड १९ का कारण आर्थिक गतिविधि ठप्प भइरहेका बेला अर्थ समितिले सरकारलाई करिब १७ खर्बको बजेट ल्याउन सुझाव दिएको छ । चालू आर्थिक वर्षको बजेट खर्च हुन नसकेको तथा कोरोनाका कारण क्षतिग्रस्त अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै समितिले सरकारलाई १७ खर्ब रुपैयाँबराबरको विस्तारकारी बजेट ल्याउन सुझाव दिएको हो ।

तर, आर्थिक गतिविधि ठप्प हुँदा राजस्व संकलन सुकेका बेला मनमौजी खर्च हुने सांसद विकास कोष (निर्वाचन क्षेत्र विकास कार्यक्रम र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम) का बारेमा भने समितिले मौनता देखाएको छ । बजेटका लागि स्रोत व्यवस्थापनको तनाव झेलिरहेका अर्थमन्त्री डा. युवराज खतिवडाका लागि यो अर्को झड्का हो ।

चालू आवका लागि सांसदहरूको दबाब थेग्न नसकेको सरकारले प्रतिसांसद ६ करोड खर्च गर्न सक्ने गरी बजेट विनियोजन गरेको थियो । संघीयताको मर्मविपरीत बजेट विनियोजन हुँदा स्थानीय तहहरुले गम्भीर असहमति पनि जनाएका थिए ।

कोरोनाप्रभावित उद्योग, व्यवसाय, श्रमिकलगायतका क्षेत्रलाई राहत समेत उपलब्ध गराउनुपर्ने अवस्था र विगतदेखिका योजना कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने भएकाले विस्तारकारी बजेट ल्याउनुपर्ने देखिएको समितिले जनाएको छ । समितिको सुझावमा कोभिड १९ सुरु हुनुअगावै समितिले करिब १७ खर्बको सिलिङ निर्धारण गरेको देखिएकाले त्योभन्दा कम आकारको बजेट निर्माण हुनसक्ने नदेखिएको उल्लेख छ ।

चालू आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । बजेट खर्च तथा राजस्व संकलन लक्ष्यभन्दा कम हुने भएपछि आकार घटाएर १३ खर्ब ८५ अर्बमा झारिएको थियो । आगामी आवका लागि १७ खर्बको बजेट ल्याउन आवश्यक स्रोत अभाव छ, उद्योग व्यवसाय ठप्प छन् । राजस्वको स्रोत घट्दै गएको छ ।

सरकारले संघीय प्रत्यक्ष सांसदका लागि जनही ६ करोडका दरले बजेट छुट्याउँदा ९ अर्ब ९० करोड रुपैयाँ छरिन्छ । यसबाहेक संघको सिको गर्दै प्रदेश १ ले १ अर्ब ८८ करोड, प्रदेश २ ले २ अर्ब ३५ करोड, बागमती प्रदेशले १ अर्ब ९८ करोड, गण्डकी प्रदेशले ७२ करोड, प्रदेश ५ ले १ अर्ब, कर्णाली प्रदेशले ३ अर्ब ६० करोड र सुदूरपश्चिम प्रदेशले ९६ करोड रुपैयाँ सांसदका लागि विनियोजन गरे । सांसदको निहीत स्वार्थका कारण चालू आवमा २२ अर्ब ३९ करोड रुपैयाँ कनिका छरेजस्तै छरिएको छ, जुन संघीयताको मर्म र भावनाविपरीत छ ।

चालू वर्ष सरकारले ११ खर्ब ७० अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा १० महिनामा जम्मा ६ खर्ब ६० अर्ब उठेको छ । स्रोत संकलनका लागि समितिले वैदेशिक अनुदान एक खर्ब रुपैयाँ, आन्तरिक ऋण ६ प्रतिशत र अपुग रकमका लागि वैदेशिक ऋण परिचालन गर्न सुझाव दिएको छ ।

जिडिपीको ५ प्रतिशत राहत प्याकेज

त्यस्तै समितिले जिडीपीको ५ प्रतिशतबराबरको राहत प्याकेज ल्याउन अर्थमन्त्री डा युवराज खतिवडालाई सुझाव दिएको छ । समितिले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी)को ५ प्रतिशत राहत प्याकेज ल्याउन सुझाव दिएको हो । अर्थ समितिले कोरोना रोकथाम, नियन्त्रण र उपचारलगायतका स्वास्थ्य पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा दिन पनि अर्थमन्त्रीलाई सुझाएको छ ।

कोरोना नियन्त्रणका क्रममा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सफाइ मजदुर र आपूर्ति व्यवस्थापनमा खटिने सबै कर्मचारीको ३५ लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गर्न समितिले सुझाव दिएको छ । समितिले कृषिको व्यवसायीकरणका लागि कृषि क्षेत्रमा कुल बजेटको १५ प्रतिशत विनियोजन गर्नुपर्ने बताएको छ ।

समितिले कोरोनाका कारण बेरोजगार हुने ३० लाखभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न रोजगार र स्वरोजगारको ठोस कार्ययोजना बनाउने गरी बजेटमा रकम विनियोजन गर्न पनि अर्थ मन्त्रालयलाई सुझाएको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

9 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

9 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In