
जनकपुरधाम, ०७७ जेठ ९ गते ।
प्रदेश २ मा जेठ ८ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ७ हजार २ सय ४२ जनाको स्वाब सङ्कलन गरिएकोमा ५ हजार ३ सय ३५ जनाको रिपोर्ट नेगेटिभ र १ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो ।
१ हजार ७ सय ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जेठ ८ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ८ सय ४४ जनाको गरिएकोमा ५ हजार ८ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ८ हजार ८ सय ९५ बेड क्षमताको २ सय १५ ओटा क्वारेण्टाइनमा ६ हजार ९८ जना व्यक्तिलाई राखिएको घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ५ हजार १ सय ७५ जना व्यक्तिहरू होमक्वारेण्टाइनमा रहेका छन् भने ४ सय ५१ बेड क्षमताको आइसोलेशनमा १ सय ३८ जना उपचारार्थ छन् ।