• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पतिको दिर्घायुको कामना गर्दै घरमै मनाइदै बट सावित्री

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ९, २०७७, ४:४७ PM
0
पतिको दिर्घायुको कामना गर्दै घरमै मनाइदै बट सावित्री


अजय कुमार साह

धनुषा, ०७७ जेठ ९ गते ।


आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री पर्व यस वर्ष सार्वजनिक स्थानमा नमनाउन स्थानीय प्रशासनको आह्वानलाई मान्दै आज जनकपुर सहित मिथिलाञ्चलमा घर घर मै वट सावित्री पर्व मनाईदै छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न सरकारले जारी राखेको लक डाउनको पालनाको लागि यस वर्षको बट सावित्री पर्व घरमै बसेर सुरक्षित रुपले मनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले अपिल गरेका हुँदा नव विवाहित मधेसी समुदायका हिन्दु महिलाहरुले मनाउने वट सावित्री पर्व घर घर मै मनाईदै छ ।

कोरोना भाइरस संक्रमणसँग जुध्न अपनाइएको सामाजिक दूरी कायम राख्न पनि अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनलाई पालना गरि बट सावित्री पर्व सार्वजनिक स्थानहरुमा नगई आ आफ्नो घर भित्रै मनाउन आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको सूचनामा भनिएको छ,‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारबाट लकडाउन समेत जारी गरिएको हुँदा शुक्रबार हिन्दु महिलाहरुले मनाउने बट सावित्री पर्व सार्वजनिक स्थानहरुमा नमनाई आ आफ्नो घर भित्रै मनाई सक्रिय सहयोग एवं समन्वयका लागि अनुरोध गर्नुका साथै यो सुचनाबाट बट सावित्री पर्व मनाउने श्रद्धालु तथा भक्तजनहरुमा पर्न गएको पिडाप्रति जिल्ला प्रहरी कार्यालय धनुषा क्षमा प्रार्थी छौं ।’

बरसाईत पर्व पनि भनिने वट सावित्री पर्व जेठ महिनाको अमावस्याका दिन मनाइन्छ । यस पर्वमा विवाहित महिलाहरु आफनो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गर्दछन् ।
सामान्य अवस्थामा बेला पतिको दिर्घायुको कामना गर्दै महिलाहरु भेला भई वरको रुखमा पूजा गरी मनाईने बटसावित्री पर्व यस वर्ष वरको पात सहितको डाढ ल्याइ घर घर मै पर्व मनाईदै छ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुखको फेदमा बसेर कठोर ब्रत गरी आजैको दिन आफना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पनि आफ्ना पतिको दिर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ । सामान्य अवस्था भएको बेला पछिल्ला वर्षहरुमा वट सावित्री पर्व मनाउन महिलाहरु पोखरीको डिलमा रहेको बरको रुखमा पूजाआजा गर्ने चलन रहेको थियो ।

यद्यपी ग्रामिण भेग चाही समाजिक दुरी कायम राख्ने प्रयास गरी वट सावित्री पर्वको अवसरमा पूजा अर्चना गर्न गाउँघरमा रहेको बरको रुख नजिक बिहानैदेखि महिलाहरुको भिड लागेको छ ।
यस पर्वमा नव विवाहिताहरु एकदिन अगाडीनै चोखो भएर अरबा अरबाइइन (शुद्ध) खानेकुरा खाने गर्दछन् भने बट सावित्री पर्व गर्ने सबै महिलाहरु नया बस्त्र लगाई बट सावित्रीको गीत गाउँदै समुहमा पूजा गर्न बरको रुख नजिक पुग्ने गर्दछन् ।

बटसावित्रीको पूजा समाग्रीमा आँप, लिच्ची, मकैको लावा र दुध रहने गरेको छ । पौराणिक मान्यता अनुसार आजकै दिन मृत्यु देवले सावित्रीको पतिको प्राण लिने प्रयास गरेको तर सावित्रीले देखाएको मायाका कारण यमदूतले समेत उनको पतिको ज्यान लिन सकेका थिएनन् । यसैकारण मिथिलाञ्चलका नारीहरु बट सावित्री पूजा गर्ने गर्दछन् ।

फोटो : सामाजिक संजाल फेसवुक

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In