बाँकेमा ट्रकले एक बालिकालाई ठक्कर दिँदा कोहलपुर तनावग्रस्त बनेको छ ।
कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको ना २ ख ९४५९ नंं को ट्रकले कोहलपुर ११ की बालिका प्रकृति चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
त्रिभुवन माद्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत चन्दलाई कोहलपुर क्षेत्रमै ठक्कर दिएपछि घाइते बालिका गम्भिर अवस्थामा छिन् ।
प्रदेश नं ५ का प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार गम्भिर घाइते भएकी बालिकाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । विद्यार्थीहरुले सडक ठप्प पारेपछि कोहलपुर क्षेत्र झनै तनावग्रस्त बनेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !