लक्ष्मीनियाँ गापामा जनता समाजवादी पार्टीले गरे तालाबन्दी


धनुषा, ०७७ जेठ ९ गते ।
धनुषाको लक्ष्मीनियाँ गापामा योजनाको बाँकी बक्यौताको माग गर्दै जनता समाजवादी पार्टीले पालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । लक्ष्मीनियाँ गापाका वडा नं. ६ का अध्यक्ष उमेश यादवलगायत जनता समाजवादीका कार्यकताहरुले कार्यालयमा तालाबन्दी गरेको छ ।


कार्यालयमा वडाध्यक्ष यादवले तालाबन्दी गरेपछि नियमित रुपमा खुल्दै गरेको लक्ष्मीनियाँ गापाको कार्यालय जेठ ९ गते खुल्न सकेको छैन् । गाउँपालिका अध्यक्ष समेत जनता समाजवादी पार्टीकै तर्फबाट तत्कालिन संघिय समाजवादी पार्टीको तर्फबाट निर्वाचित हुन् ।


कार्यालयमा गरेको तालाबन्दीले गर्दा जेठ ९ गते दिनभर तालाबन्दी खुलाउने प्रयास गरिएको भएपनि सहमति हुन सकेको छैन् ।

प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले जनता समाजवादीका नेताहरुलाई फोन गरेर लकडाउनका समयमा गाउँपालिकामा वडाध्यक्षकै नेतृत्वमा तालाबन्दी गरिनु अमर्यादित भएकाले गर्दा ताला खोलाउन प्रयास गर्न आग्रह गरेको बताउनुभएको छ ।

ता, तालाबन्दी घटनाबारे गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवलाई पटक पटक फोन सम्पर्क गर्दा समेत फोन उठेको छैन ।

गाउँपालिका प्रवक्ता समेत रहेका वडा न.५ का अध्यक्ष फुलगेन यादवले आफु आज गाउँपालिका गएर तालाबन्दी गर्ने वडाध्यक्षलाई बोलाएर ताला खुलाउने विषयमा छलफल गर्न आग्रह गर्दा समेत भोली शनिवार छलफलमा बस्ने भन्दै वडाध्यक्ष र गाउँपालिका अध्यक्षले समेत फोनमा कुरा गरेको बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार