जलेश्वर अस्पताल कोरोना उपचारको लागि तयारीको अन्तिम चरणमा

महोत्तरी, ०७७ जेठ १० गते ।

जिल्ला अस्पताल जलेश्वरलाई कोरोना विशेष अस्पतालका रूपमा स्तरोन्नति गर्नेकार्य अन्तिम चरणमा पुगेकोछ ।

नयाँर पुरानोभवन समेत रहेकोजलेश्वर अस्पताललेकोरोना सङ्क्रमितको उपचारका लागि नयाँ भवन तयार पारिएकोछ भने पुरानो भवन मर्मत गरेर त्यसमा अस्पतालले विगतदेखि प्रवाह गर्दै आएको सेवा सुचारू राखेको छ ।


जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयलेचार–पाँच दिनभित्रैकोरोना अस्पताल निर्माण कार्य सम्पूर्ण रूपमा सकिनेभन्दैतत्काल बिरामी आए पनि सेवा दिन तयार रहेकोबताउनुभयो।


अध्यक्ष पाण्डेयले अस्पतालमा चिकित्सक र अन्य स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत सबैकर्मचारीको
सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गर्न लागिएको बताउनु भयो ।

अस्पतालले ५० बेडको आइसोलेशन कक्ष तयार गरिसकेको छ भने आइसियू कक्ष पनि तयार पारिसकेको छ । भेन्टिलेटर सहितको आइसियूका लागि भेन्टिलेटर ल्याउन भने प्रयासरत रहेको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

हाँले दुई–चार दिनभित्रैभेन्टिलेटर आइपुग्नेअपेक्षा गर्नु भयो। अस्पतालले पहिलेदेखि नैदिँदैआएको
प्रसुती, शल्यक्रिया, ओपिडी, एक्सरे, ल्याब र एमसिएच लगायतका अन्य सेवा पनि पूर्ण रूपमा
सञ्चालनमा रहेकोछ ।

धेरै पढिएको

ताजा समाचार