महोत्तरीको निगौल क्वारेन्टाइनमा २४ घण्टादेखि भोक भोकै २५ जना बस्न बाध्य

महोत्तरी, ०७७ जेठ १० गते ।

गौशाला नगरपालिका स्थित निगौल माविको क्वारेन्टाइनमा रहेका २५ जना २४ घण्टाभन्दा बढी समयदेखि भोक भोकै बस्न बाध्य छन् ।


नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नु परेको उनीहरुको गुनासो छ ।
भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी गगन मण्डलले भने, “क्वारेन्टाइनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेको तर वडाध्यक्षले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टा बित्दा पनि खानाको बन्दोबस्त हुन नसकेको पाइएको छ ।”

गरपालिका २ का वडाध्यक्ष शेख सलामले यस सम्बन्धमा आफूले तत्कालै नगरपालिकालाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको प्रतिक्रिया दिए । भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उनले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रतबाट नेपाली नागरिकको आउने क्रममा वृद्धि भएपछि उनीहरुलाई शुक्रबारदेखि नगरपालिकाले मावि निगौलको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको थियो । हाल त्यहाँ २५ जना रहेका छन् ।

धेरै पढिएको

ताजा समाचार