
धनुषा, ०७७ जेठ १० गते ।
धनुषाको मिथिला नपा–३ हरिहरपुरमा बोक्सी आरोपमा एक ४० वर्षीय महिलामाथि शनिवार विहान निर्घात रुपमा कुटपिट भएको घटनाको सार्वजानिक भएको छ ।
हरिहरपुरका विजय महतो र उनकी श्रीमती सविता देवी महतोले बोक्सीको आरोपमा कुटपिट गर्दा महिलाको तिघ्रा र ढाडमा लठठीको निलडाम परेको छ । घाइते पिडित महिलाको ढल्केवरको एक निजी क्लिनिकमा उपचार गरिएको छ ।

देवर पर्ने विजय महतोको श्रीमती सविता देवीको शरिरमा पटक पटक देवी देवता आएर काम्ने गरेको छ । सविताको शरिरमा देवीदेवता आएपछि भाउजुले नै बोक्सी लगाएको भन्दै अश्लिल गालीगलौज गर्नुको साथै कुटपिट गर्दै आएको स्थानियबासिन्दाहरुले बताएका छन् ।
पिडित महिलाको श्रीमान लामो समयदेखि बैदेशिक रोजगारीमा रहदै आएको छ । छोरीहरुको विवाह भई सकेकाले घरमा स–सना २ छोरालाई लिएर असुरक्षित तरिकाले धाक, धम्की र भयवित वातावरणमा बस्नु परेको पिडित महिलाले बताएकी छिन् ।
त बैशाख महिनामा समेत विजय र सविता दुवै जनाले मिलेर बोक्सीको आरोपमा पिडित महिलालाई कुटपिट गरेका थिए भने एक महिना अगाडी खेतमा विजय महतोले कोदालोले काट्न आएको पिडितले दुखेसो बताएकी छिन् ।

पिडित श्रीमान श्रीमती मिलेर पटक पटक बोक्सीको आरोप लगाउँदै ४० वर्षीय भाउजुलाई शारिरिक र मानसिक रुपमा यातना दिदै आएको छ ।
डितले शनिवार इलाका प्रहरी कार्यालय ढल्केवरमा गएर दिएको उजुरी प्रहरीले लकडाउनको समय भएको भन्दै उजुरी दर्ता गरेको छैन् ।
इलाका प्रहरी कार्यालय धनुषा ढल्केवरका इन्स्पेक्टर तिर्थराज कार्कीसंग घटनाबारे बुझदा उनले घटनाबारे उजुरी दिन आएको तर आफुहरुको इलाकामा नपर्ने भएकाले प्रहरीको टोली घटना स्थल पुगेर छलफलको लागि समय लिएको बताएका छन् ।
पिडित महिलाले आफुमाथि पटक पटक कुटपिट भई रहेकाले आफुलाई न्याय दिलाउन प्रहरी प्रशासन, मानवअधिकारकर्मी, महिलाअधिकारकर्मी र संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् ।