धनुषामा ७ सय ७० र प्रदेशमा ४ हजार ७ नेपाली भित्रिए

धनुषा, ०७७ जेठ ११ गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जेष्ठ ११ गते साँझसम्म ४ बजेसम्म जटही नाकावाट ७ सय ७० जनालाई उद्धार गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जटही नाकाबाट सुरक्षित तरिकाले जेठ ४ गतेवाट भारतमा विभिन्न कामले गएका नेपालीहरुलाई धनुषा ल्याउन थालेको हो ।


जेठ ४ गते ६१ जनालाई, जेठ ५ गते ६९ जनालाई, जेठ ६ गते ३६ जनालाई, जेठ ७ गते ८१ जनाई, जेठ ८ गते ६० जनाई, जेठ ९ गते २ सय ७ जनालाई र जेठ १० गते १ सय १३ जना र जेठ ११ गते ४ बजेसम्म १ सय ४३ जना गरि कुल ७ सय ७० जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनुभएको छ ।


यसैविच, प्रदेश २ मा विगत एक हप्तामा ८ वटै जिल्लाको मुख्य सीमा नाका हुँदै ४ हजार ६ सय ६४ नेपाली नेपाल भित्रिएका छन् । उनीहरुलाई हाल विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।


सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका मुख्य नाकाहरुबाट अलपत्र परेको नेपालीहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने तथा क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक जयराज सापकोटाले जानकारी दिनुभएको छ ।


धनुषाको जटही नाकाबाट ६ सय ७ जना, महोत्तरीको मुख्य सिमानाका मलिवाडाबाट ५ सय ६७, सिरहाको माडर नाकाबाट ७ सय ३४, सप्तरी स्थित नाकाबाट ७ सय ५४, सर्लाही स्थित नाकाबाट ६ सय १, रौतहट स्थित नाकाबाट ६ सय ९७, बारा स्थित नाकाबाट २ सय ३९ र पर्साको नाकाबाट ४ सय ६५ जना व्यक्तिहरु नेपाल आइसकेको सापकोटाले बताउनुभयो ।


महोत्तरी स्थित मलिवाडा नाकाबाट अछाम, रुकुम र रोल्पाका समेत १ सय भन्दा बढी नेपाल प्रवेश गरेको एसपी सापकोटाले बताउनुभयो ।


यसैबीच नेपालमा विभिन्न कारणले आएर अलपत्र अवस्थामा रहेको भारतीयहरुलाई समेत भारततर्फ फर्काइएको छ । सप्तरी नाकाबाट ९५ जना, सिरहा नाकाबाट ६६जना, रौतहट नाकाबाट २ सय १२ जना, बारा नाकाबाट ६७ र पर्सा नाकाबाट ४ हजार १ सय ८९ जना भारतीयहरुलाई समेत भारत तर्फ पठाएको एसपी सापकोटाले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार