जनकपुरधाम उप–महानगरले पीसिआर मेसिन खरिद गर्ने


धनुषा, ०७७ जेठ १४ गते ।
जनकपुरधाम उप–महानगरपालिकाले कोरोना भाईरस संक्रमलाई नियन्त्रण तथा टेष्टलाई तिव्रता दिनकालागि पीसिआर मेसिन खरिद गर्ने भएको छ । जेठ १४ गते विपद् व्यवस्थापन समतिको वैठकवाट टेष्टलाई तिव्रता दिनको लागि पीसीआर मेसिन खरिद आवश्यक रहेको हुनाले सो निर्णय गरिएको हो ।


समितिका अध्यक्ष लाल किशोर साहको अध्यक्षतामा बसेको वैठकवाट पीसिआर मेसिन खरिद, सवै कर्मचारीलाई १०÷१० लाखको विमा, देश वाहिरवाट आएकाहरुका लागि १४ देखि २१ दिन सम्म क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार राख्ने, आवश्यक अनुसार थप क्वारेन्टाइन बनाउने, विद्यालय खोल्नु अगाडी सम्पूर्ण विद्यालयलाई सेनिटाइज गरि मास्क उपलव्ध गराउने, कर्मचारीलाई जोखिम त्ता दिने समेत निर्णय गरिएको हो ।


यस्तो विपद्को वेलामा पनि कर्मचारीहरु समयमा आउने र कार्यालयको कार्यलाई निरन्तरता दिन पनि ठूलो शाहसको कुरा रहेको वैठकमा उपस्थितहरुले वताएका थिए । भोलीका दिनमा ती कर्मचारीहरुलाई केहि भयो भने उनका परिवारको सहारा को वन्ने ? यस्तो विपद्को वेलामा कर्मचारीहरुलाई कम्तिमा १०÷१० लाखको विमा गरिदिने माग गरिएको थियो ।

नकपुरधाम उप–महानगरपालिकाले अहिले गोपालधर्मशालामा क्वारेन्टाइन सञ्चालन गर्दै आई रहेको छ । वैठकमा उपस्थितहरुले क्वारेन्टाइन थप्नुपर्ने सुझाव समेत दिएका थिए । तर, जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफै क्वारेन्टाइनको स्थान खोजि गर्दै छन् । उनले मंगलवार गणेश पार्टी पैलेसको अवलोकन गरेका थिए । त्यहा पनि राम्रो हुने बताइए पनि त्यो भन्दा पनि उपयुक्त स्थानको खोजि गर्दै छन् ।


अहिले भारतवाट जटही नाका हुँदै दैनिक सयौ जना नेपाल भित्रिने काम हुदैछ । वुधवार मात्रै जटही नाकामा एक जनाको मृत्यु भएको छ । यस्तो परिस्थितिलाई मध्य नजर गर्दै जनकपुरधाम उप–महानगरपालिकाले वडा वडामा क्वारेन्टाइन खोल्ने भएको छ । वडाहरुमा क्वारेन्टाइन र आफ्नै पीसिआर मेसिन भएपछि यतिको ठूलो संख्यामा क्वारेन्टाइन गर्ने भयावह स्थिति नआउने भएकाले दुवै काम छिटो भन्दा छिटो गर्ने भएको छ ।


हालसम्म जटही नाकाबाट जेठ ४ गते ६१ जना, जेठ ५ गते ६९ जना, जेठ ६ गते ३६ जना, जेठ ७ गते ८१ ज्ना, जेठ ८ गते ६० जना, जेठ ९ गते २०७ जना, जेठ १० गते ११३ जना, जेठ ११ गते २०७ जना, जेठ १२ गते २८८ जना गरि जम्मा ११ सय २२ जनालाई नेपाल प्रवेश गराइएको छ ।
वुधवार एक जनाको मृत्यु पछि एक हजार भन्दा बढीको संख्यामा सर्वसाधारण नेपाल प्रवेश गरेको अनुमान गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार