
धनुषा, ०७७ जेठ १४ गते ।
भारतको अहमदावादबाट ६ दिनको पैदल यात्रा गरि धनुषाको जटही नाकामा आएका शहिदनगरपालिका बस्ने ३० वर्षीय विरेन्द्र यादवको जेठ १४ गते विहान ७ बजे मृत्यु भएको छ । मृतक यादवसहित १ सय ५० जनालाई भारतीय प्रहरीले ट्रकमा जेठ ९ गते जटही नाकामा पुप्याई दिएका थिए । जटही नाकामा आएर अलपत्र परेका थिए ।
जटही नाकामा अहिले भारतबाट आउने तर क्वारेन्टाइनसम्म नपुग्दा अवस्थासम्म खानाको व्यवस्थापन गरिएको छैनन् । विहानै भोकिएका विरेन्द्रले नाकामा चाउचाउ र च्युरा खाएका थिए, खानै वितिकै वान्ता भएर मृत्यु भएको स्थानियले जनाएको छ ।
युवकको मृत्यु भएपछि नाकामा रहेका करिव २ सयकाके संख्यामा रहेका युवाहरुले प्रहरी प्रशासनविरुद्ध चर्को नारावाजी गर्दै प्रहरीमाथि दुगामुढा नै गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनुभयो ।
प्रहरीविरुद्ध चर्को नारावाजी गर्दै आक्रोशित युवाहरुको भिडलाई नगराइनचौकमा नियन्त्रणमा लिइ, सम्झाई बुझाई बसमा राखेर उनीहरुकै पालिकामा भएको क्वारेन्टाइनमा पठाइएको डिएसपी कार्कीले बताउनुभयो ।
यता, मृतक विरेन्द्र यादवको शव नेपाली सेनाको टोलीले सिमा नाका जटहीबाट स्वाव संकलन र पोस्र्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएका छन् । स्वाव संकलन लिने काम बेलुका लिइएको भएपनि पोस्टमार्टम भने नभएको डिएसपी कार्कीले बताउनुभयो ।