
धनुषा, ०७७ जेठ १५ गते ।
धनुषामा जेठ १५ गते विहान २९ जना कोरोना भाइरसको संक्रमित भएको पुष्टि भएको छ । संक्रमित २९ जनामध्ये लक्ष्मिनिया गाउँपालिकाकै क्वारेन्टाइनमा २ बालवालिकासहित १८ जनामा भाइरसको संक्रमण देखिएको हो ।
लक्ष्मीनियाँ गापाको क्वारेन्टाइनमा रहेका ४ वर्षीया बालिका, ८ वर्षीय बालक सहित, क्रमशः २७, ५०, ४०, २०, २९, २२, १८, ४०, २०, ४८, १८, ५७, ४२ का पुरुष, २९ र १४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यता, पालिकाको ३१ र ७० वर्षका स्वास्थ्य कार्यालयका कर्मचारीमा समेत संक्रमणको पुष्टि भएको लक्ष्मीनियाँ गापाका अध्यक्ष विन्देश्वर यादवले बताउनुभयो ।
यस्तै धनुषाको जनकनन्दीनी गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । जनकपुरको क्वारेन्टाइनमा रहेका ८ जना, जनकपुरको प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेशनमा रहेका २ जना र धनुषाको जनकनन्दनी गाउँपालिकाका १ जना गरि २९ जना संक्रमित पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो ।
संक्रमितहरुको संख्या बढेको छ तर आइसोलेशन वार्डको अभावले गर्दा संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने विषयमा छलफल भइरहेको धनुषाका सिडियोले बताउनुभएको छ । जेठ १५ गते बुलेकासम्म संक्रमितहरुलाई क्वारेन्टाइनमै राखिएको छ ।
यता, प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका बरिष्ठ स्वास्थ्य अधिकृत विजय झाका अनुसार जेठ १५ गते बिहान संक्रमण पुष्टि भएका प्रदेश २ का ७६ जना मध्ये धनुषाका ३ जना र महोत्तरीका २ जना गरि पाँचजना महिला मात्र रहेको बताउनुभयो । ७१ जना भने पुरुष छन् । संक्रमित भेटिएका अधिकांश व्यक्ति भारतबाट आएको जनाएको छ ।