महिलाअधिकारकर्मीहरुले क्वारेन्टाइनको अनुगमन गदै गरे सहयोग

धनुषा, ०७७ जेठ १६ गते ।
महिला मानवअधिकारकर्मीहरुको टोलीले जनकपुरधाम उमनपा–४ स्थित गोपाल धर्मशालाको क्वारेन्टाइनको अनुगमन गरेको छ । ओरेक नेपाल, महिला मानवअधिकार रक्षक संजाललगायतको मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले क्वारेन्टाइनको अनुगमन जेठ १५ गते गरेको हो ।


अनुगमनको क्रममा गोपालधर्मशालाको क्वारेन्टाइनमा रहेका ९ जना महिलाहरुले आफुहरुलाई महिनावारीको लागि सुरक्षित प्याड र भित्री बस्त्र आवश्यक रहेको बताएपछि मानवअधिकारकर्मीको टोलीले क्वारेन्टानइमा जेठ १६ गते ५० थान सेनेटरी प्याड ५०, र ९ थान भित्री वस्त्र (पेन्टी) र ९ थान शरिरमा लगाउने तेल क्वारेन्टाइनमा प्रदान गरेको ओरेक नेपालका धनुषा संयोजक रोजलिन सिंह बछारले बताउनुभयो ।


महिला अधिकारकर्मीहरुको तर्फबाट ओरेक नेपालका सेफ हाउस इन्चार्ज सुजाता शर्मा र महिला मानवअधिकार रक्षक संजाल धनुषा अध्यक्ष शिला झाले सो सामाग्री क्वारेन्टाइनमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

धेरै पढिएको

ताजा समाचार