प्रदेश २ मा थप ६० जनामा संक्रमण, धनुषा २१ जना संक्रमित

जनकपुरधाम, जेठ १८ : 

प्रदेश २ मा आज बिहान ६० जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन ।


रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना,मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ हुन । त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका हुन ।
त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरीपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन । आधिकारिक घोषणा चार बजे हुने दैनिक मिडिया ब्रिफिङ्गमा गरिने छ ।

धेरै पढिएको

ताजा समाचार