
महोत्तरी, ०७७ जेठ १९ गते ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव साहले आफ्ना समस्या सुनाउन जानेहरुलाई गालीगलौज र कुटपिट गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
राहतको लागि मेयर गुहार्न जाँदा मेयर साहका भाई बिनोद साहले कुटेर पठाएको भंगहा नगरपालिका ३ निवासी राम पृत सदा (मुसहर)ले आफ्नो दुःख पोखेका छन् ।
सदाका अनुसार पहिलो चरणको राहत वितरणमा हामीलाई ८ किलो चामल , तीन पाउँ दाल , १ लिटर खाने तेल, १ किलो नुन दिएको र त्यतिले हाम्रो दैनिकी नचलेको भन्दै हामीलाई ५० किलो चामल, १० किलो चामल, ५ लिटरखाने तेल, ३ किलो नुन दिनु भनेर गुहार्न जादाँ मेयरका भाई बिनोद साहले कुटेका हुन् ।
यहाँ रजिया देवी सदाको बेग्लै पिडा छ

तीन दिन देखि रजिया देवी सदाको छोरा र नाति मठीयानी बोर्डरमा आएर बसेका छन् । उनका छोराको अनुसार सम्बन्धीत नगरपालिकाले आवश्यक कागजात पठाए पछि मात्र हामीलाई आउने दिने आफ्नो घरपरिवारलाई जानकारी दिएपछि रजिया देवी भंगहा नगरपालिकामा पुगिन् ।
मेयर संजिव साहलाई मेरो छोरा र नाति बोर्डरमा फसेको छ लाइदिनुपर्ने भनेर भन्दा मेयरले ठाडो जबाब दिएर फर्काएको उनले बताइन् । ‘जसले ५० किलो चामल दिन्छ त्यहीं व्यक्तिलाई गएर भन्नु’ मेयरले भनेको कुरा उनले सुनाइन् ।
रजिया देवीका छोरा संगै भंगहा नगरपालिका(३ का अझै २० जना मठीयानी बोर्डरमा फसेका छन् ।
यता मेयर संजिव साहले नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताहरुले म लगायत मेरो पार्टीलाई बदनाम गर्न झुठा आरोप लगाएको बताएका छन् ।
न्युज स्रोत :जनकपुर टुडे