
धनुषा,०७७ जेठ २२ गते ।
प्रदेश २ को प्रदेशसभाको सुरक्षार्थ खटिने ५ जना मर्यादापालकहरुमा कोरोना संक्रमण देखा परेपछि जेठ २२ गते ३ बजे बोलाइएको बैठक स्थगित गरिएको छ ।
जेठ १६ गते प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पाँचजना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभामा सुरक्षा सर्तकता अपनाइएको सचिवालयका सहसचिव रञ्जित यादवले बताउनुभयो ।
जेठ २२ गते आएको रिर्पोट प्रदेश २ का एक जना राज्यमन्त्रिका स्वकिय सचिवलगायत ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि प्रदेशसभा सचिवालय खाली गराउनुका साथै सेनिटाइन गर्ने काम गरिएको छ ।
प्रदेशसभाको बैठक २३ गते दिउँसो १ बजे तय गरिएको छ । भाइरसको संक्रमण देखिएकाहरु नेपाल प्रहरीका कर्मचारी रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभएको छ । प्रजिअ निरौलाले संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको बताउनुभयो ।