• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

क्वारेन्टाइन र आइसोलेशन महिला मैत्री बनाउन मानवअधिकारकर्मीहरुको आग्रह

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २३, २०७७, ७:२५ PM
0
महोत्तरीको निगौल क्वारेन्टाइनमा २४ घण्टादेखि भोक भोकै २५ जना बस्न बाध्य

धनुषा, ०७७ जेठ २३ गते ।
धनुषामा कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित भएका व्यक्तिहरुलाई राख्ने निमार्ण गरिएको क्वारेन्टाइन र आइसोलेशन वार्ड महिला मैत्री नभएको भन्दै मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुलाई ध्यानाकर्षण गराएका छन् ।


मानव अधिकार तथा स्वास्थ्यसँग सम्बन्धित ऐन कानुनहरु कार्यान्वयनको लागि तिनै तहको सरकार तत्पर रहेको वेला कोभिड–१९ बाट प्रभावित खास गरेर महिलाहरुको सवालमा महिला मैत्री क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्न मानवअधिकारबादी संघसंस्थाहरुले ध्यानाकर्षण गराएका छन् ।


कोरोना कोभिड–१९ सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको संघ, प्रदेश र स्थानीय मापदण्ड २०७६ बमोजिम घना बस्तीबाट टाढा, १ सय भन्दा बढीलाई राख्न सक्ने क्षमता भएको, सञ्चार, स्वास्थ्य पानी, बिजुलीको पूर्ण व्यवस्था भएको र प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा न्यूनतम दुरी साढे तीन फिट हुनुपर्ने, नियमित सरसफाई हुनुपर्ने लगायतको व्यवस्था रहेको छ ।

तर, २०७६ चैत १४ गतेदेखि संचालन गर्दै आएको धनुषाको सबैला नगरापलिका–१२ वरकुर्वामास्थित श्री फकिरचन्द गामी माविको क्वारेन्टाइनमा कोरोना आशङ्कित विरामीहरुलाई भुइमै राखिएकोबारेमा मानवअधिकारकर्मीहरुको ध्यानाकर्षण भएको हो ।

रेक नेपाल धनुषा जिल्ला परियोजना संयोजक रोजलिन कुमारी सिंह, तराइ मानवअधिकार रक्षक संजाल(थर्ड एलाइन्स) का प्रदेश संयोजक विनोद महरा, इन्सेक प्रदेश २ संयोजक राजु पासवान, सेफ नेपाल धनुषा अध्यक्ष रामप्रमेश मण्डल, महिला मानव अधिकार रक्षक संजाल, धनुषा अध्यक्ष शिला झा, एमनेष्टी ईन्टरनेशनल महिला समुह,४६ का अध्यक्ष इन्दिरा चौधरीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा महोत्तरी जिल्लाको गौशाला नगरपालिकाले खानाको उचित व्यवस्थापन नगरेपछि सोही नगरपालिका स्थित निगौल माविको क्वारेन्टाइनमा रहेका २५ जना जेठ १० गते २४ घण्टा भन्दा बढी समयदेखि भोक भोकै बस्नु परेको उल्लेख छ ।


क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूका लागि खाने र बस्ने व्यवस्था राम्रो नभएको, एउटै कोठामा कोच्चाएर राखिएको, पुरूष र महिलाका लागि अलगै शौचालयको व्यवस्था नभएको, महिलाका लागि सेनिटरी प्याडको व्यवस्था नभएको, तातो पानी, पोषिलो खाना, चप्पल, साबुन र सेनिटाइजर लगायत सरसफाइका सामग्रीहरू नभएको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गर्दै आएको छ ।


विपद तथा प्रकोपको बेलामा धनुषाको विदेह नगरपालिका स्थित एक क्वारेन्टाइनमा रहेकी ३५ वर्षीया महिलामाथि वैशाख ११ गते राती बलात्कारको प्रयास भएको र लकडाउनकै समयमावधिमा ओरेक धनुषामा मात्रै ८० वटा महिला हिंसाका घटना दर्ता भएकोले मानवअधिकारकर्मीहरुको ध्यानाकर्षण भएको जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


हिंसाका घटनाहरु लकडाउन र विपदको घडीमा बढेकाले स्थानिय पालिकाको न्यायिक समितीको भुमिका अझ सक्रिय हुनुपर्नेमा मानवअधिकारकर्मीहरुको ठम्याई रहेको छ ।

स्थानीय पालिकाका उपमेयर÷उपाध्यक्ष ज्यूहरुको संयोजकत्वमा रहेको अनुगमन समितिले क्वारेन्टाइनको अनुगमन गरी त्यहाँका महिला तथा बालिकालाई परेको समस्याको पहिचान गरी कोरोना भाइरस रोकथाम, उचार तथा नियन्त्रणका कार्यलाई व्यवस्थित रुपमा प्रभावकारी बनाउन अग्रसर भई नागरिकको स्वास्थ्य अधिकारको प्रत्याभूति गर्नका लागि समयसापेक्ष योजनाहरुको तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
दिपेन्द्रप्रसाद सिंह

.
.
.

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In