
धनुषा, ०७७ जेठ २४ गते ।
चीनको बुहान शहरबाट ३१ डिसेम्बर २०१९ मा फेला परेको कोरोना भाइरस (कोभिड–१९) अहिले महामारीको रुप लिदै अहिले विश्वभर आंतक मच्चाई रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना भाइरसबाट ६७ लाख २४ हजार ५सय १६ जना संक्रमित भई सकेका छन् । भाइरस लागेर ३ लाख ९४ हजार १८ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित भएर २९ लाख ९६ हजार ३ सय ३२ जना व्यक्ति यो रोगबाट निको समेत भएका छन् । अहिलेसम्म नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भई सकेको छ । २ हजार ९ सय १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३३ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेकर्डमा उल्लेख छ ।
कोरोना भाइरसको प्रदेश २ को अवस्था
नेपालमा कोरोना भाइरसको प्रवेशसंगै संक्रमित हुनेको संख्या प्रदेश २ मा दिनानुदिन बढ्दै गएको छ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २ को ८ वटै जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या बढ्दै गएको छ । हाल प्रदेशका सप्तरीमा ६९, सिरहामा ४७, धनुषामा ९२, महोत्तरी ५२, सर्लाही १४९, रौतहट ३९०, बारामा ४९ र पर्सामा ११४ जना संक्रमित भइसकेका छन् । हालसम्म प्रदेश २ मा १ सय २३ जना कोरोना भाइरसको संक्रमित भएपछि उपचार पश्चात निको भएर घर फर्केका छन् । निको हुनेहरुमा सप्तरीमा १ जना, धनुषामा ५ जना, रौतहटमा ३ जना,पर्सामा ९६ जना, बारामा ९ जना, महोत्तरीमा ३ जना, सलार्हीमा १ जना र धनुषामा अस्थायी बसोबास गर्दै आएका ५ जना कोरोना भाइरसबाट निको भएका हुन् ।
प्रदेश २ मा विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, प्रादेशिक अस्पताल जनकपुर र गजेन्द्रनारायण सिंह उपक्षेत्रीय अस्पताल राजविराजमा रियल टाइम पिसिआर मेशिन जडान गरि कोरोना भाइरसको टेष्ट भई रहेको हुदै आएको छ । प्रदेश २ मा टेष्टको परिणाम दिन नसकेर संकलन गरिएको स्वावको नमुना काठमाण्डौस्थित राष्ट्रिय प्रयोगशालामा समेत पठाइदै आएको छ ।
पिसिआर टेष्ट र आरडिटीको टेष्ट संख्या प्रदेश २ मा सामाजिक विकास मन्त्रालयले गर्दै आएको नियमित मिडिया ब्रिफिङअनुसार प्रदेश २ मा कोरोना जेठ २३ गतेसम्म १९ हजार ९ सय ५९ जनाको पिसिआर टेष्टको लागि स्वाव संकलन गरिएको छ । जसमध्ये ९ सय ८३ जनाको रिर्पोट पोजेटिभ आएको छ भने ८ हजार ३९ जनाको रिर्पोटको नतिजा आउन बाँकी रहेको छ ।
प्रदेश २ मा हालसम्म ९ हजार ३ सय ५६ जनाको आरडिटीबाट परिक्षण गरिएको छ जसमध्ये २ सय ९१ जनाको रिर्पोट पोजेटिभ आएको छ । ९ हजार ६५ जनाको रिर्पोट आरडिटी गर्दा निगेटिभ देखिएको छ । प्रदेश २ मा जेठ २३ गते १ हजार ६६ जनाको पिसिआर टेष्टको लागि स्वाव संकलन गरिएको छ भने ७ सय ८६ जनाको आरडिटी चेक गरिएको छ ।
प्रदेश २ मा कोरोना संक्रमितहरुको कहाँ कहाँ उपचार हुँदैछ ?
प्रदेश २ मा हालसम्म १ हजार १ सय ५८ वटा आइसोलेशन वेडको क्षमता रहेको छ । हाल आइसोलेशन वार्डमा ६ सय ३४ जना रहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले बताउनुभएको छ ।
प्रदेश २ मा ५ सय १५ वटा क्वारेन्टाइनको संख्या रहेको छ । हालसम्म २९ हजार ९ सय ६३ जना वेड क्षमताको क्वारेन्टाइन निमार्ण गरिएको छ । प्रदेश २ मा २१ हजार ५ सय ३५ जना क्वारेन्टाइनमा बसेका छन् भने ४ हजार ६ सय ९ जना होम क्वारेन्टाइनमा रहेको सचिव डा. घिमिरेले बताउनुभयो ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना विशेष अस्पतालमा ६७ जना, सिरहा कारोना विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना, प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा २५ जना, धनुषाकै लक्ष्मीनिया गाउँपालिकाको बिपी कोइराला मेमोरियल पोलिटेक्निकल इस्टिच्युटको आइसोलेसन कक्षमा ६७ जनाको आइसोलेशनमा उपचार भई रहेको छ ।
महोत्तरीको जलेश्वर कोरोना अस्पतालको आइसोलेसन कक्षमा ३७ जना, सर्लाहीको मलगंवामा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा ४५ जना, सर्लाहीकै अररबा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा ९ जना, रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा ३२ जना, गौरमा ३५ जना र रौतहटकै राजपुरको आइसोलेन कक्षमा २५ जना,देवाही गोनाही नगरपालिकामा ८३ जना, गरुडा नगरपालिकामा ७६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
स्तै बाराको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४५ जना, पर्साको गण्डक अस्पतालको आइसोलेसन कक्षमा २८ जना कोरोना संक्रमितको उपचार भइरहेको उपचार प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । हाल प्रदेश २ मा भेन्टिलेटरमा विरामी राखिएको छैनन् ।
प्रदेश २ का अधिकांश क्वारेन्टान मापदण्ड विपरित
कोभिड–१९ सम्बन्धी प्रदेश २ सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको संघ, प्रदेश र स्थानीय मापदण्ड २०७६ निमार्ण गरेका छन् ।
मापदण्डअनुसार गाउँबस्तीबाट क्वारेन्टाइन राख्नुपर्ने, प्रत्येक क्वारेन्टाइनमा १ सय भन्दा बढीलाई राख्न सक्ने क्षमताको व्यवस्थापन गरिनुपर्ने, क्वारेन्टाइनमा सञ्चार, स्वास्थ्य, खानेपानी, बिजुलीवत्तीको पूर्ण व्यवस्था भएको हुनुपर्ने र प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा न्यूनतम दुरी साढे तीन फिट कायम गरि वेडको व्यवस्थापन हुनुपर्ने, नियमित सरसफाई गरिनुपर्ने र पोषिलो खाना दिनुपर्ने लगायतको व्यवस्था रहेको छ ।
तर, २०७६ चैत १४ गतेदेखि संचालन गर्दै आएको धनुषाको सबैला नगरापलिका–१२ वरकुर्वामास्थित श्री फकिरचन्द गामी माविको क्वारेन्टाइनमा कोरोना आशङ्कित विरामीहरुलाई भुइमै राखिएको छ ।
महोत्तरी जिल्ला गौशाला नगरपालिकाले खानाको उचित व्यवस्थापन नगरेपछि सोही नगरपालिकास्थित निगौल माविको क्वारेन्टाइनमा भारतबाट आएका २५ जना युवाहरु जेठ १० गते २४ घण्टा भन्दा बढी समयदेखि भोक भोकै बस्नु परेको थियो, बारा जिल्ला अस्पतालबाट एक कोरोना सङ्क्रमितले खाना, पानी र औषधीको व्यवस्था नभएको भन्दै जेठ ८ गते गुनासो गरेका छन् । भारतको जटही नाकामा भोकभोकै धनुषाको शहिदनगर नगरपालिका–९ बस्ने ३० वर्षीय युवा विरेन्द्र गुमरैता यादवको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामै क्वारेन्टाइनको भरपुर व्यवस्थापन नहुन नसक्दा जेठ २३ गते राति १ बजे आएका १४ जना युवाहरु जनकपुरधाम–१४ मुजेलियाको माध्यमिक विद्यालयमा रातभरदेखि खुल्ला चिसो भुइँमा सुत्नु परेको सामाजिक अभियन्ता सरोज रायले बताउनुभयो ।
कोरोना भाइरस नियन्त्रणका लागि संघ, प्रदेश सरकार र स्थानिय सरकारले करोडौं करोड रकम निकासा गरेको भएपनि क्वारेन्टाइन र आइसोलेशनमा राखिएका व्यक्तिहरूका लागि खाने र बस्ने व्यवस्था राम्रो नभएको र तीनै तहका सरकार महामारीको नाममा समेत भ्रष्ट्राचारमा लिप्त रहेको जनकपुरधामका कोरोना संक्रमित भई १६ दिन आइसोलेशनमा बसेर निको भएका ४० वर्षीय पत्रकार विरेन्द्र रमणको भनाई छ ।
पर्याप्त रुपमा व्यवस्थापन हुन नसक्दा एउटै कोठामा कोचिएर सामाजिक दुरी कायम नगरि क्वारेन्टाइनमा राख्नु पर्ने, क्वारेन्टाइनमा पुरूष र महिलाका लागि अलगै शौचालयको व्यवस्था नभएको, तातो पानी, पोषिलो खाना, चप्पल, साबुन र सेनिटाइजर लगायत सरसफाइका सामग्रीहरू नभएको गुनासोहरू बढेपछि स्थलगत अनुगमन गर्दै धनुषाका ६ वटा मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाले क्वारेन्टाइनलाई व्यवस्थित गर्दै महिलामैत्री बनाउन जेठ २३ गते ध्यानाकर्षण पत्रबाट पालिका र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रदेश सरकारले खर्चिए ८ करोड
नोबल कोरोना भाइरस महामारी (कोभिड–१९)को संक्रमण रोकथाम र प्रतिकार्यका लागि प्रदेश नं २ सरकारले हालसम्म ७ करोड रुपैयाँ खर्च गरेको अर्थ तथा योजना मन्त्रालयले जनाएको छ । यसबाहेक विभिन्न मन्त्रालयले समेत आफनो विकास बजेटहरुबाट समेत करोडौं रकम खर्चिएको छ ।
प्राप्त विवरणअनुसार प्रदेशका ८ वटै जिल्लाका विपद व्यवस्थापन समितिहरूलाई प्रत्येकलाई ५० लाख, जिल्ला प्रहरी कार्यालयहरू प्रत्येकलाई ११–११ लाख रुपैयाँ बजेट निकासा गरिएको छ ।
यता, प्रदेश २ को सामाजिक विकास मन्त्रालयअन्र्तगत पर्ने स्वास्थ्य स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेश २ को विभिन्न अस्पताल र स्वास्थ्य कार्यालयका लागि ५ करोडको स्वास्थ्य सामाग्रीहरु खरिद गरेको केन्द्रका सुचना अधिकारी श्रवण नायकले बताउनुभएको छ ।
ता, प्रदेश २ का १३६ पालिकाले समेत आ आफनै तरिकाले कोरोना भाइरस नियन्त्रणका लागि लाखौ करोडौं रकम खर्चिएका छन् । पालिकाहरुले न्युनतम ३५ लाखदेखि महानगरपालिकाले करोडौ रकम निकासा गरेको छ । सरदर ५० लाखको दरले हिसाव गर्दा समेत करिव ७ अर्व रुपैया प्रदेश २ का स्थानिय सरकारले खर्च गरेको देखिन्छ तर पनि क्वारेन्टान र आइसोलेशनमा बसेका विरामी र आंशका भएका विरामीहरुले राहत महसुस गर्न सकेका छैनन् ।
देश २ मा कोरोना भाइरस संक्रमितहरुको संख्या दिनानुदिन बढी रहेकाले प्रदेश २ का मुख्यमन्त्रि लालवावु राउतले प्रदेश २ सरकारलाई विशेष प्याकेजसहितको राहत योजना दिन केन्द्र सरकारसंग आग्रह गरेका गर्नुभएको छ । प्रदेश २ सरकारले आफुहरुले भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन, आइसोलेशन र विरामीहरुको रेखदेख, औषधी खरिद, चिकित्सक टिमको परिचालनलगायतको क्षेत्रमा सुधार गरि रहेको मुख्यमन्त्रि राउतले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह