क्यानाडा बिश्वकर्मा समाज द्वारा ६५ दलित समुदायलाई राहत सहयोग


बद्री नाथ झा
महोत्तरी,०७७ जेठ २५ गते ।


महोत्तरीको जलेश्वर नपा– ३ का ४० घरधुरी मुसहर समुदाय र वार्ड न. २ का २५ पासवान समुदायका ६५ जना अति विपन्न परिवारलाई १ लाख ४ हजार बरावरको खाधान्न सामाग्री राहत प्रदान गरिएको छ ।


जिल्लामा मानव अधिकार क्षेत्रमा कार्यरत मानव अधिकारवादी सिजेन्द्र सादा र दलित समुदायका समाजसेवी एवम् कानुन व्यवसायी विक्रम पासवानको व्यक्तिगत पहल र विश्वकर्मा समाज क्यानडाको आर्थिक सहयोगमा राहत सामाग्री प्रदान गरिएको हो ।

हत बितरण कार्यक्रम मा जलेश्वर न.पा २ का वडा अध्यक्ष वरूण दहालले यस्तो विपतको घडिमा भोका जनतालाई सहयोग विश्वकर्मा समाज र यसका पदाधिकारीहरूलाई आफ्ना वडाको तर्फबाट धन्यवाद दिएका छ्न ।

धेरै पढिएको

ताजा समाचार