
धनुषा, ०७७ जेठ २५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा छापामारी गर्दै कागजपत्र नियन्त्रणमा लिएको छ ।
सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमणलगायत तयारी र अवस्थाबारे गर्दै आएको दैनिक मिडिया ब्रिफिंगमा दैनिक २ लाख खर्च गर्दै आएको र कोरोना भाइरस न्युनिकरणका लागि प्रदेश स्वास्थ्य आपूति व्यवस्थापन केन्द्रमार्फत खरिद गरेको सुरक्षा तथा स्वास्थ्य सामाग्रीमा २ करोड भन्दा बढी अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि अख्तियारले आइतवार छापामारी गरेको हो ।
तीनदिन अघि नै अख्ततियार दुरुपयोग अनुसन्धानको टोलिले मन्त्रालयको मिडिया ब्रिफिङ र आपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु मन्त्रालयकाबाट नियन्त्रणमा लिएको अख्तियार आयोग बर्दिवासका कार्यालयले जनाएको छ ।
देश २ मा हालसम्म एउटै मन्त्रालयले करोडौ करोड रकम खर्च गरेको देखाउँदै आएको भएपनि वास्तविकतामा भने प्रदेशभरमा खासै रकम सदुपयोग भएको जनताले महसुस गर्न सकेको छैन् ।