• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ को निति कार्यक्रममा कोरोना भाइरस नियन्त्रण, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २५, २०७७, ९:१२ PM
0
प्रदेश २ को निति कार्यक्रममा कोरोना भाइरस नियन्त्रण, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता


दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७७ जेठ २५ गते ।

प्रदेश २ सरकारका प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक निति तथा कार्यक्रम जेठ २५ गते प्रस्तुत गर्नुभएको छ । सरकारको तर्फवाट मुख्यमन्त्री लालबाबु राउतले ४८ पृष्ठ लामो निति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारलाई हस्तान्तरण गर्नुभएको थियो ।


प्रदेश २ सरकारको अगामि वर्षको निति तथा कार्यक्रममा कोरोना भारइरस नियन्त्रण, व्यवस्थापन, शिक्षा, स्वास्थ्य र कृषिमा अनुदानदेखि पुर्वाधार विकासलाई बढी प्राथमिकता दिएको छ ।


निति तथा कार्यक्रममा मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम, युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम, बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री दलित गरिव आवास योजना, प्रदेश आयोजना बैंक, प्रदेश विकास बैंक, प्रदेश लगानी प्रवद्र्वन बोर्ड, पुर्ण सुरक्षित मातृत्व प्रदेश, प्रादेशिक क्यान्सर अस्पताल, प्रादेशिक खेलकुद विकास प्राधिकरण गठन, प्रदेश लोकपाल आयोग, चुरे जोगाउ मधेश बचाउ, प्रदेश प्रमुख रोजगार कार्यक्रम र उच्च स्तरीय जातीय छुवाछुत अनुगमन समिति गठन सहितको विषयहरु समावेश गरेको छ ।


प्रदेशमा खाद्यान्न, दलहन, दुधजन्य, माछा मासुको उत्पादन, पैठारी भण्डारीकरण तथा सार्वजानक वितरण प्रणालीमा सुढृढिकरण गरि खाद्य सुरक्षाको प्रत्याभुति गरिनेछ । यस कार्यका लागि साना र विपन्न किसानलाई विउ,मल र अन्य कृषि सामाग्रीका लागि अनुदान दिइनेछ । विपत्तिका बेला कृषि उत्पादनको बजार पहुँचका लागि कृषि एम्बुलेन्स, न्युनतम मूल्यको प्रत्याभुति र खरिद तगथा उपयुक्त भण्डारणमा प्रदेश सरकारले लगानी गर्ने उल्लेख छ ।

ख्यमन्त्रि रोजगार कार्यक्रम संचालन गरि स्वरोजगारद्धारा आफनो शीप प्रयोग गरी जीपनयापनको नवीन अवसरहरु प्राप्त गर्न चाहने युवाहरुका लागि तत्कालिन सिप, दक्षता तालिम, लघु कर्जा, औजार खरिद गर्न अनुदान प्रदान गरि निजी क्षेत्र समेतको सहभागितामा स्वरोजगारीका अवसररुको पहिचान गरि बजारमा आधारित रोजगारी सृजना गरिनेछ ।

साथै कृषि र गैर कृषि क्षेत्रसंग सम्बन्धित साना सिंचाइ, कुलो निमार्ण, नदी नियन्त्रण, कृषि सडक, सामुदायिक भवन, विद्यालय भवन र अन्य संरचनाहरुको निमार्ण र सम्भारमा ५० हजार युवाहरुलाई रोजगारी दिइने उल्लेख छ ।


कार्यक्रममा मुख्यमन्त्रि किसान उत्थान कार्यक्रमलगायतका स्वरोजगारमुलक विशेष कार्यक्रमअन्तर्गत विपन्न गरिव, भुमिहिन तथा सामाजिक रुपमा पिछडिएका साना कृषकहरु, एकल महिला, मधेश आन्दोलनका सहिद र घाइते परिवारको आय आर्जन तथा जिविकोपार्जनमा टेवा पुर्याउनेछ । सहकारी खेती र करार खेती र सहकारी करार खेती प्रणालीमार्फत कृषि उपजको आन्तरिक र बाह्य बजारमा बिक्री व्यवस्थापनको लागि सहजीकरण गरिनेछ ।


कार्यक्रममा दलित गरिव आवास योजनालाई निरन्तरता दिइएको छ । कुपोषणबाट ग्रसित महिला तथा बालबालिकाहरुको लागि बहुक्षेत्रिय पोषण कार्यक्रमलाई निरन्तरता दिदै सन्तुलित पोषण र विविधतायुक्त खानाको लागि सचेतनामुलक कार्यक्रम तथा प्रर्दशनीहरु संचालन गरि पौष्टिक खानेकुरा खाने बानीको विकास गरि प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने अभियानको सुरुवात गरिनेछ ।

लित विपन्न वर्गहरुको सामाजिक तथा आर्थिक रुपान्तरणको लागि प्रदेशका आठ वटै जिल्लाहरुमा ‘प्रदेश प्रमुख रोजगार कार्यक्रम ’संचालन गरिनेछ । प्रदेश दलित सशक्तिकरण ऐनको कार्यान्वयनमा जोड दिइनेछ जसका लागि दलित विकास समिती र उच्चस्तरिय जातिय छुवाछुत अनुगमन समिती गठन गर्ने उल्लेख छ ।


हाल प्रथम चरणमा जनता आवास कार्यक्रमअन्तर्गत संचालित डोम, मेस्तर, हलखोर र मुसहर जातिको घर निमार्ण कार्यलाई निरन्तरता दिदै क्रमशः अन्य दलित, लोपोन्मुखलगायतको लक्षित वर्गमा कार्यक्रम लागु गरिनेछ ।


कार्यक्रममा प्रदेशभित्र महिलामैत्री सेफ हाउसको निमार्ण गरिनेछ उल्लेख छ । देशमा भएको परिवर्तनका लागि विभिन्न आन्दोलन र बिद्रोहमा शहादत दिएका शहिदहरु देखि अहिले कोरोना महामारीमा अग्रपन्तीमा लडिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितकाको स्मरण गर्दै सुरु गरिएको निति तथा कार्यक्रममा कोभिड–१९ माहामारी जनस्वास्थ्यसंग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रमा दोब्बर लगानी गरिने, स्वाथ्य समाग्री, अस्पतालको संरचनाहरु तथा उपकरणहरु यथाशिघ्र खरिद गर्ने गरि सर्वसुलभ उपलब्धतामा जोड दिने निति तथा कार्यक्रममा उल्लेख छ ।


साथै कृषि, देश तथा विदेशवाट आएकाहरुलाई स्वरोजगारी, साक्षर प्रदेश सहित शिक्षाका आधुनिकतामा जोड, प्रदेशको राजधानी जनकपुरधामका विकास र सौन्दर्यकरण, प्रत्येक निर्वाचन क्षेत्रका एक पोखरी सौन्दर्यकरण गरि पर्यटन प्रवद्र्वन सहितका कार्यक्रमहरु समावेश गरिएको छ ।

प्रस्तुत गरिएको निती तथा कार्यक्रमको पूर्ण पाठ यस लिन्क भित्र छ ।
http://ocmcm.p2.gov.np/sites/ocmcm/files/2020-06/प्रदेश%20सरकारको%20२०७७-०७८%20को%20नीति%20कार्यक्रम_0.pdf

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In