प्रदेश २मा थप चार वटा पिसिआर मेसिन थपिने



धनुषा, ०७७ जेठ २५ गते ।
कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले थप चारवटा पिसिआर मेसिन खरिद गर्न मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले जेठ २५ गते निर्णय गरेको छ ।


निर्देशक समितीको बैठकले पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, विरगंज र राजविराजको ल्याबमा एउटा – एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको हो । समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।


यसै गरि समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीब्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।


निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र काठमाण्र्डौ देखी तोकिएको क्वारेन्टाइन सम्म आउँदाको खाना, खाजालगायतको यातायात खर्च प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।

देश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ ।

लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको सहकार्य आवश्यक रणनीति लागु गर्ने निर्णय समेत गरिएको ।

धेरै पढिएको

ताजा समाचार