
धनुषा, ०७७ जेठ २७ गते ।
विश्वभर कोरोनाभाइरसबाट हुने कोभिड १९ बाट करिब ७२ लाख मानिस संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार २४० पुगेको छ ।
बितेका २४ घण्टामा १ लाख ७ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ भने ३ हजार १५७ मानिसको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा १९ हजार र ब्राजिलमा १८ हजार संक्रमित थपिएका छन् ।
अमेरिकामा कुल संक्रमितको संख्या २० लाख २६ हजार, ब्राजिलमा ७ लाख १० हजार र रुसमा ४ लाख ७६ हजार पुगेको छ ।
मृतक पनि २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै ८१३ र अमेरिकामा ५८६ को ज्यान गएको छ । हालसम्म अमेरिकामा मृतकको संख्या १ लाख १३ हजार ०५५ पुगेको छ भने दोस्रोमा बेलायतमा ४० हजार ५९७ जनाले ज्यान गुमाएका छन् ।
भारतमा २४ घण्टामा ८ हजार ४४२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ९२८ पुगेका छन् । त्यस्तै मृतकको संख्या २६६ थपिएर ७ हजार ४७३ पुगेको छ ।