जलेश्वरस्थितकाे कोरोना अस्पतालमा बेड अभाव

महाेतरी, ०७७ जेठ २७ गते ।

जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा बेड नभएपछि कोरोना सङ्क्रमितहरूलाई क्वारेण्टाइनमा नै छुट्टै व्यवस्था गरी राखिएको छ ।

अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० पुगिसकेकाले थप सङ्क्रमितलाई त्यहाँ राख्न नसकेको जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताउनु भयो । उहाँले हालसम्म भेन्टिलेटरको भने व्यवस्थापन हुन नसकेको बताउनु भयो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या अत्याधिक भएपछि ठाउँ अभाव भएको उहाँले बताउनु भयो । उहाँले अझै क्वारेण्टाइन मै थप ३१ जना रहेको आफूलाई जानकारी आएको र उनीहरूका लागि बेडको व्यवस्थापनको प्रयास भइरहेको भन्दै बेड व्यवस्थापन हुनासाथ सबैलाई अस्पताल ल्याउने बताउनु भयो ।

भङ्गहा नगरपालिकाकै क्वारेण्टाइनमा रहेका तीन जना अस्पतालमा आइसोलेशन बेड नपाएपछि विगत तीन दिनदेखि क्वारेण्टाइनमै बसेका छन् ।

धेरै पढिएको

ताजा समाचार