
धनुषा, ०७७ जेठ ३० गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वार्डनं ५ को ऐलानी कामी टोलका सडक ढलान कार्य सुरु भएको छ । नेकपाका नेता प्रदेशसभा सांसद किशोरी साह (कमल) को ४५ लाखको संसदिय कोषबाट सडक ढलान कार्यको शुभारम्भ गरिएको हो ।

सडक ढलानको शुभारम्भ कार्यक्रममा गणेशमान चारनाथ नपाका नेकपा अध्यक्ष महेशलाल यादव, नेता दुर्गाबहादुर मल्ल, पुर्शोत लामा, राजेश्वर मण्डल ,बौएलाल महतो, कृष्ण राउत, बिनोद जयसवाल, बिनोद साह, सुमन बिक, नेत्र पौडेल , बुद्धिजीवी , समाजसेवि लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

पहिलो पटक सडकमा ढलान कार्यको शुभारम्भ भएपछि स्थानियबासिन्दाहरु खुशी भएका छन् ।