न्यायकाे माग: सवैलामा जनसागर ओर्लियो


धनुषा, ०७७ जेठ ३० गते ।
सवैला नपा–१२ बस्ने ६ महिना बच्चाको बुवा रहेको २२ वर्षीय शम्भु सादाको प्रहरी हिरासतमा यातना दिएर हत्या गरेको भन्दै न्यायको लागि सवैलामा जनसागर ओर्लिएको छ । राष्ट्रिय मुसहर संघको अगुवाईमा आयोजित न्यायको लागि विशाल आमसभामा हजारौ हजारको संख्यामा मुसहर समुदायहरुका साथै स्थानियबासिन्दाहरु विरोध सभामा सहभागि भएका छन् ।


अत्यधिक संख्यामा तैनाथ गरिएको प्रहरीहरु स्थानियहरुको भिड हेरेर नियन्त्रण गर्न नसक्ने स्थिती देखेपछि बल प्रयोग गर्न चाहेर पनि पछि हटेका छन् । आयोजित विरोधसभामा शम्भु सदाको प्रहरी हिरासतमा सुनियोजित तरिकाले मुखमा कपडा कोचेर हत्या गरेको वक्ताहरुले दावि गरेका छन् ।


शम्भु सदाको न्यायको लागि एक इन्च समेत पछाडि नहटने प्रतिवद्र्धता जाहेर गरेको हत्यारामाथि कारवाही नभए देशभरि दलित समुदायहरु आन्दोलन विस्तार गर्ने चेतावनी दिएका छन् । धनुषाको सबैलामा मुसहर संघद्वारा आयोजित ‘विरोध सभा’मा सहभागी वक्ताहरुले त्यस्तो चेतावनी दिएका हुन् । सहभागीहरुले शम्भु सादालाई षड्यन्त्र पूर्वक हत्या नै गरिएको हुन सक्ने आंशका गरेका छन् । हिरासतमा राखेर हत्या गर्नेमाथि फाँसी हुनुपर्ने माँग उनीहरुले गरेका छन् ।

‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फाँसी’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै सहभागीहरुले भने, ‘रक्षक नै भक्षक भएपछि जनताको रक्षा कस्ले गर्ने भन्दै प्रश्न गरेका छन् । दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा चरणवद्व आन्दोलन गर्ने उनीहरुको चेतावनी थियो ।

प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही, पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको मांग गर्दै सबैला बजारमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताएका छन । संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रिको चर्को गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी, नेपाल सरकारका गृहमन्त्री र स्थानीय नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।

ट्रयाक्टर दुर्घटनामा एक महिलाको मृत्यु भएपछि उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र ट्रयाक्ट साहु संजय साह तेलीको मिलिभगतमा हत्या गरिएको पिडित परिवारको आरोप छ ।

मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनुले पनि यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ । नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो ।

विरोध सभामा सबैला नगरपालिका मेयर विजय शंकर साह, वडा नं. १२ का अध्यक्ष प्रदीप महतो, दलित अगुवा नेता रामस्वरुप सादा, पञ्चु माझी, वौएलाल माझी, तेजनारायण सदा, दीपनारायण दास सहितका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।

धेरै पढिएको

ताजा समाचार