प्रहरीले किटानी जाहेरी दर्ता नगरेको पिडित परिवारको आरोप


धनुषा, ०७७ जेठ ३१ गते ।
जेठ २७ गते राति इलाका प्रहरी कार्यालय सवैलाको हिरासत कक्षको शौचालयमा शंकास्पद अवस्थामा झुन्डिएर मृत्यु भएका २२ वर्षीय शम्भु सदा मुसहरको हत्या गरिएको पिडित परिवारले दावि गर्दै जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामो दिएको किटानी जाहेरी दर्ता नगरेको पिडित परिवारले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले घटनाबारे जाहेरी नपरेको बताएपछि पिडित परिवारलाई जाहेरी दिन बोलाएर आफुहरुले दिएको किटानी जाहेरी दर्ता नगरेको मृतकका आमा सियाली देवी सदाले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय धनुषामा पिडित परिवारको तर्फबाट शम्भु सदाको हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी इन्स्पेक्टर ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय टयाक्टर मालिक संजय साह, वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साह लगायत ४ जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

पिडित परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको किटानी जाहेरी दर्ता गरिएको छैन् । जिल्ला प्रहरीका एसपी रमेश बस्नेतले विना नामको जाहेरी दिन भन्दै मुददा दर्ता नगरेको पिडितकी आमा सियाली देवी सदाले गुनासो गर्नुभयो ।


शम्भु सदाको प्रहरी हिरासतमा हत्या भएको भन्दै शम्भु सदाको न्यायको लागि राष्ट्रिय मुसहर संघले जेठ २८ गतेदेखि निरन्तर दवावमुलक कार्यक्रम गर्दै आएको छ । पिडित परिवारले घटनाको न्यायिक छानविन समितीमार्फत जाँचबुझ गर्न माग गर्दै आएको ।


घटना २७ गते राति नै भएपनि शवको पोस्र्टमाटम समेत हुन सकेको छैनन् । प्रादेशिक अस्पताल जनकपुरको पोस्टर्माटम रुममा खुल्ला राखिएको शव कुहिएर गन्हाउन थालेको छ ।

शवको पोस्टमार्टम गर्न जेठ २८ गते जिल्ला प्रशासन कार्यालय धनुषाका सिडियो कार्यालयमा भएको सहमति अनुसार पोस्टमार्टम टिमसंग पिडित परिवारको तर्फबाट एक जना चिकित्सकको रहोवरमा पोस्टमार्टम गर्ने सहमति भएपनि प्रादेशिक अस्पताल जनकपुरले बाहिरको मान्छेलाई पोस्टमार्टममा राख्न नमिल्ने अडान लिएपछि शवको पोस्टमार्टम हुन नसकेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार