
धनुषा, ०७७ जेठ ३२ गते ।
धनुषाको सबैला नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय अरुण मण्डलको गोली हानि हत्या गरेको आरोपमा प्रदेश प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जेठ २७ गते राति सामान्य विवादको क्रममा गोली हानि हत्या गरेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका–३ बस्ने १९ वर्षीय श्रवण मण्डललाई प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले पक्राउ गरेको हो । घटनामा सलग्न रहेको अन्य ४ जना फरार रहेकाले प्रहरी खोजी कार्यमा लागेका छन् ।
घरमै खाना खाई रहेको अरुणलाई फोन गरि घरबाट बोलाएर लगेका उनीहरुविच मादक पदार्थ सेवन गरेका उनीहरुविच सामान्य विवाद हुँदा श्रवणले चलाएको गोली लागेर अरुणको टाउकोमा लागेको प्रहरी अनुसन्धानबाट खुलेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआइजी धिरज प्रताप सिंहले बताए ।
डीआइजी सिंहले भने, ‘अरुणको घरभन्दा २ सय मिटर पर एक पोखरीको किनारमा घटना भएको थिया । घटनामा अन्य चार जना पनि संलग्न रहेको पाएका छौँ । उनीहरुको खोजीको कार्य भैरहेको छ ।