
धनुषा, ०७७ असार २ गते ।
इलाका प्रहरी कार्यालय सवैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राति झुन्डिरहेको अवस्थामा फेला परेका २२ वर्षीय शम्भु सदाको असार २ गते प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमाटम गरिएको छ । शवको पोस्टमाटम गरिएको भएपनि हालसम्म पिडित परिवारले शव बुझेका छैनन् ।
असार ३ गते अस्पतालबाट शव बुझेर सवैलाको नगर परिक्रमा गराइ दाहसंस्कार गरिने संघर्ष समितीका संयोजक चन्देश्वर सदाले बताउनुभयो । पिडित परिवारजनले प्रहरी हिरासतको क्रममा शम्भुको हत्या भएको भन्दै न्यायिक छानविन समिती गठन गरि घटनाको सहि तथ्य छानविन गर्न माग गर्दै आएका छन् ।
असार २ गते मृतक शम्भू सदाको पोस्टमार्टमपछि धनुषाका सिडियो कोषहरि निरौला , प्रदेश प्रहरी प्रदेश डिआइजी धिरजप्रताप सिंह र पिडित परिवारविच तीन बुँदे सहमति गरिएको छ । तीन बुन्दे सहमतिमा घटनाको छानविनका लागि जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्रको संयोजकत्वमा गठित छानविन समितीमा १ जना मानवअधिकारकर्मी र १ जना कानुन व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राखिनेछ ।
मृतक परिवारलाई राहतको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले यथाशिघ्र पहल गर्ने र पिडित परिवारको शान्ति सुरक्षाको तत्काल उचित प्रवन्ध जिल्ला प्रशासन कार्यालय धनुषाले गर्नेछ ।
यता, धनुषाको सवैलास्थित इलाका प्रहरी कार्यालयको थुना भित्रै शौचालयमा झुन्डिएर एक दलित युवाको मृत्यु भएको घटनाबारे असार २ गते नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा पत्रकार सम्मेलन गरि स्थलगत अध्ययन प्रतिवेदन २०७७ सार्वजानिक गरेको छ ।
त्रकार बीपी साहको संयोजकत्वमा गठित स्थानिय छानविन समितीको सदस्यहरुमा अम्बेडकरी तथा बहुजन अध्यक्ष राजकिशोर रजक, पचु माझी मुसहर, दलित अभियानकर्ता, रामदयाल सदा स्थानीय शिक्षक, मोहन सदा दलित अभियानकर्ताको समन्वयमा तयार गरिएको प्रतिवेदनमा घटनापछि प्रहरीको कामकारवाही देखि मृतकका परिवार र स्थानियहरुद्वारा व्यक्त धारणालाई आधार मानेर मृत्यु भन्दा पनि हत्याकै आंशका गर्न सकिने तथ्यहरु समेत सार्वजानिक गरेको छ ।