
धनुषा, ०७७ असार ३ गते ।
इलाका प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षमा जेठ २७ गते राति मृत्यु भएका शम्भु सदाको असार ३ गते दाह संस्कार गरिएको छ । शवको सवैलामा हजारौको सहभागितामा नगरपरिक्रमा गराउँदै दाहसंस्कार गरिएको छ ।
यसैविच,प्रदेश २ सरकारले इलाका प्रहरी कार्यालय सवैलाको हिरासतकै क्रममा शंकास्पद अवस्थामा झुन्डिएको र लक डाउनको अवधिमा भारतवाट भोकभोकै आएर धनुषाको जटही नाकामा मृत्यु भएका मृतकका परिवारलाई ५—५ लाख राहत प्रदान गर्ने असार ३ गते निर्णय गरेको छ ।

सवैला नपा–७ घर भएका शम्भू सदा तथा शहिदनगरपालिका–९ विसरभोराका विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच पाँच लाख दिने मन्त्रीपरिषद्को वैठकले निर्णय गरेको छ ।
आर्थिक रुपमा निकै विपन्न रहेका दुवै जनाको परिवारकलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको प्रदेश नंं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।