
महोत्तरी, ०७७ असार ३ गते ।
महोत्तरीको सम्सी गाउँपालिकामा हालसम्म २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाले ७२ घण्टाको लागि सम्सीलाई शिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका सुचना अधिकारी कामेश्वर यादवका अनुसार असार ३ गते राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्म सम्सी गाउँपालिकाभित्र आवत जावतलगायतको प्रवेश निषेध गरिएको छ ।
शिल अवधिमा कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरि टेष्ट गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।