भारतीय सेनाले चिनियाँ सेनामाथि गोली हान्ने आदेश

एजेन्सी, ०७७ असार ८ गते ।

भारत र चीनबीच भएको पछिल्लो झडप र मुठभेडले अवस्था अझै तनावपुर्ण बनेको छ । एकतर्फ अवस्था समान्य बनाउन दुबै देशका अधिकारीबीच वार्ताकालागि पहल भइरहेको छ भने अर्कोतर्फ सम्भावित असमान्य अवस्थालाई मध्यनजर गरी विविदित क्षेत्र लदाखमा थप भारतीय सेना पठाइएको छ ।

भारत सरकारले आफ्नो सैनिकलाई असाधारण परिस्थितीको सिर्जना भए एलएसीमा समेत गाली हान्ने छुट प्रदान गरेको छ । यसअघि ती क्षेत्रमा हातहितयार बोक्न तथा प्रयोगमा दुबै रोक लगाउने दुबै देशबीच सम्झौता भएको थियो ।


भारतीय सैनिक अब बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउइने छैन र उनीहरूमा झडपमा आइपर्ने सबै स्रोतहरूको प्रयोग गरेर असाधारण परिस्थितिमा जुद्न पूर्ण अधिकार हुनेछ, सेनाका एक अधिकारीले भने ।

त्यस्तै “सेनाले एलएसी गस्तीमा हतियार बोक्ने अनुमति पाएकोले गल्वान उपत्यकामा भएको आक्रमण जस्ता अभूतपूर्व परिस्थितिमा उनीहरूले बन्दुकको प्रयोग गर्न सक्दछन्,” सेनाका पूर्व कमाण्डर लेफ्टिनेंट जनरल बीएस जसवालले बताए ।

धेरै पढिएको

ताजा समाचार