• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिकाको गेटमै ५ वडाध्यक्षले कालोपटटी बाँधेर नगरविरुद्ध धर्नामा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
असार ९, २०७७, १२:०२ PM
0
जनकपुरधाम उपमहानगरपालिकाको गेटमै ५ वडाध्यक्षले कालोपटटी बाँधेर नगरविरुद्ध धर्नामा


धनुषा, ०७७ असार ९ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको विरोधमा जनकपुरका ५ जना वडाध्यक्षलगायतको जनप्रतिनिधीहरु आन्दोलित भएका छन् । असार ९ गते विहान १० बजेदेखि कार्यालयको मुख्य गेटमै धर्नामा बस्दै चर्को नारावाजी गरि रहेका छन् ।


धर्नामा वडा नं. ७ का अध्यक्ष जानकीराम साह, वडा ४ का अध्यक्ष सुदर्शन सिंह, वडा १० का अध्यक्ष मिथिलेश कर्ण, वडा ९ का अध्यक्ष परमेश्वर साह, वडा ३ का अध्यक्ष दिपेन्द्र साहलगायतको जनप्रतिनिधीहरुको उपस्थिती रहेको छ । असन्तुष्ट वडाध्यक्षले कालोपटटी बाँधेर नगरको हरहिसाव पादर्शीताको माग गर्दै भ्रष्ट मेयर र उपमेयर मुर्दावाद, राजिनामा देउ लगायतका नारा लगाउँदै आएका छन् ।


यसअघि असार ८ गते अवेर साँझसम्म जनकपुरधाम उपमहागरपालिकाका सभाकक्षमा बसेको बोर्ड बैठकमा जनप्रतिनिधीहरुविच भएको विवाद उग्र रुप लिएपछि बैठक कक्षको एक दर्जनभन्दा माथि कुर्सीमा असन्तुष्ट वडाध्यक्षहरुले तोडफोड गर्दै म्यानुट च्याति दिएका छन् ।

नगरको योजना तर्जुमा समितिको छलफल बैठकमा मेयर लालकिशोर साह, उपमेयर रिता मिश्रलगायतको वडाध्यक्ष र ४ जना असन्तुष्ट वडाध्यक्षहरुबीच नगरको योजना र खर्चको हिसाव किताव पार्दशिताको सवालमा धक्कामुक्की भएपछि वडा नम्बर १० का ५५ वर्षीय अध्यक्ष मिथिलेश कर्ण भुईमै लडेका थिए ।


एक्कासी मेयर साहले योजना तर्जुमाको लागि म्यानुटमा हस्ताक्षर गर्न लगाउन थालेको भन्दै वडा नं. ७ का अध्यक्ष जानकीराम साहले म्यानुट च्यातेको बताउनुभयो । आफुहरुलाई योजना तर्जुमाबारे २४ घण्टा पहिले नै जानकारीका साथ अध्ययनको लागि प्रतिवेदन दिनुपर्ने हो तर त्यसो नगरि एक्कासी हस्ताक्षर गर्न लगाउन थालेपछि आफुहरुले विरोध गर्दा मेयर पक्षका मान्छेहरुले आफुहरुमाथि दुव्र्यवहार गरेको वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहले बताउनुभयो ।


जनकपुरधाम उपमहागरपालिकाले निमार्ण गरेको बैठक सञ्चालन सम्बन्धि कार्यविधि सम्बन्धी १२ नम्बर बुँदाको १ मा उल्लेखमा २४ घण्टा पहिले जानकारीसहित अध्ययनका लागि प्रतिवेदन दिनुपर्ने उल्लेख छ । तर नीति तथा कार्यक्रम अध्ययन गर्न नै नदिई सीधै बोर्ड बैठकमा उपलब्ध गराइएकोले आफुहरुले अलोकतान्त्रिक विधिको विरोध गरेको वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंहको भनाई छ ।
वडाध्यक्ष जानकीराम साहले म्यानुट च्यातेपछि असन्तुष्ट वडाध्यक्षहरुलाई प्रहरी बोलाएर नगरको मुख्यगेटमा ताला लगाएर भित्र बन्दी बनाएर राखेको वडा न.९ का अध्यक्ष परमेश्वर साहले बताउनुभयो ।


यता, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता मिश्रले बोर्डको बैठक शुरु हुनै नदिएरर वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यात्नु, बैठक कोठाको कुर्सी तोडफोड गर्नु र होहल्ला गरि बैठक भाड्नेलगायतको कार्य गरिनु गलत रहेको बताउनुभयो ।

उहाँले बैैठक सुरु भएपछि सम्पूर्ण हरहिसाब सम्पूर्ण कार्यपालिका सदस्य तथा जनप्रतिनिधीहरुलाई उपलब्ध गराउने योजना रहेको भएपनि बैठक सुरु हुन नदिएर वडाध्यक्षहरुले गैरक्रियाकलाप गरेकोले कारवार्ही गरिने बताउनुभयो ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In