
धनुषा, ०७७ असार ९ गते ।
औरही गापाका प्रशासकिय अधिकृत ४२ वर्षीय सन्तोष कुमार शर्मालाई उनकै कार्यकक्षमै असार ८ गते बेलुका ४ बजे स्थानियबासिन्दाहरुले कालोमोसो गरेका छन् ।
कार्यालयमा बसेर कार्यसम्पादन गरि रहेकै अवस्थामा १०÷१२ जनाको संख्यामा आएका युवाहरुले प्रशासकिय अधिकृतले गापा अध्यक्ष ब्रह्मदेव यादवको मिलीभगतमा भ्रष्ट्राचारमा लिप्त भएको भन्दै कालोमोसो गरि दुव्र्यवहार गरेको हो ।

औरही गापा–३ कपटौलमा प्रतिनिधीसभाका सांसद उमाशंकर अरगरियाको संसदीय विकास कोषको विकास बजेटबाट ५० लाखको लागतमा मंडल केवट सेवा समितीको जग्गामा निमार्ण गर्न लागेको सामुदायिक भवनको लागि गरिएको टेण्डरमा घुस रकम माग्दै अधिकृत शर्माले लगातार ३ पटक रद्ध गरेपछि आक्रोशित युवाहरुले युवाहरुले प्रशासकिय अधिकृतकै कार्यकक्षमा पुगेर कालोमोसो गर्दै दुव्र्यवहार गरेका हुन् ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषामा प्रशासकिय अधिकृत शर्माले चार जनाविरुद्ध असार ९ गते उजुरी दर्ता गरेको गापा अध्यक्ष ब्रह्मदेव यादवले बताउनुभयो । उजुरी परेकाहरुको नाम गोप्य राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेपछि प्रहरी गाउँमा पुगेर युवाहरुलाई गिरफतार गर्न खोजेपछि स्थानिय महिलाहरुले प्रतिकार गर्दा प्रहरी फिर्ता भएको स्थानिय युवा नेता जर्नादन भण्डारीले बताउनुभयो ।

यता, जनता समाजवादी पार्टी औरही गापाले संसदीय विकास कोषको रकममा गापा अध्यक्ष ब्रह्मदेव यादव र प्रशासकिय अधिकृत शर्माले भ्रष्ट्राचार गर्न लागेको भन्दै सयौको संख्यामा महिला र पुरुषहरुले जनकपुरमा नारावाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टीका औरही गापा अध्यक्ष शत्रुधन यादवले बताउनुभयो ।

