
धनुषा, ०७७ असार ९ गते ।
नागरिकता ऐन २०६३ को संसोधन विद्येयक मंगलवार प्रतिनिधीसभामा प्रस्तुत भइरहँदा तराई मधेशको सडकमा भने व्यापक विरोध भएको छ । जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत नेकपाका नेता कार्यकताहरुले समेत विरोध जनाउँदै आएका छन् ।

विद्येयक विरुद्व प्रदर्शन गर्दै नारावाजी गर्दै विद्येयकको प्रतिलिपी जलाउनुको साथै प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला समेत दहन गरिएको छ ।
जनकपुरधामको जनकचौकमा जसपाका सांसद, नेता तथा कार्यक्रताहरु सडकमा बसेर अवरोध गर्दै विरोध प्रदर्शन गरेका छन् ।

धनुषाको ढल्केवरमा जनमत पार्टीका मिथिला नगरपालिका संयोजक अभिमन्यु कुमार महतोको नेतृत्वमा विरोध प्रदर्शन गर्दै विद्येयक प्रतिलिपी जलाइएको जनमत पार्टीका युवा नेता लालवावु महतोले जानकारी दिए ।
