क्षीरेश्वरनाथ नगरपालिकाको बजेट ५९ करोड

 धनुषा,०७७ असार ११ गते ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको बजेट ५९ करोड बढी ल्याइएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८  को लागि ५९ करोड ४३ लाख ३९ हजारको बजेट प्रस्तुत गरेको छ ।


क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले बुधवार छैठौ नगर सभामा प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेट गरिएको थियो।


 नगरपालिकामा समाज क्ल्याण हेतु विभिन्न योजना तर्जुमा बनाई हामी आफ्नै कार्यकालमा कृषि ,शिक्षा ,स्वास्थ्य कोरोना लगायतमा विशेष प्राथमिकता दिइएको जनाइएको छ । 

नगरपरिषद हुनुपूर्व नेकपाका नेताहरुले मेयरको कार्यशैली हैकमवादी र भ्रष्टाचारी प्रवृत्तिको भएको भन्दै विरोध गर्दै नगर परिषद गर्न नदिने अडान लिएका थिए । नगर परिषद हुनु पूर्व विरोध भएपछि नगरले सर्वपक्षिय बैठक गरेर सहमति गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार