
धनुषा, ०७७ असार ११ गते ।
धनुषाको गणेशमान चारनाथ–४ को चारनाथ खोलामा अवैध उत्खन्नको स्थलगत रिर्पोटिङ गर्न पुगेका धनुषाधाम नपा–८ बस्ने रेडियो धनुषका संचालक २६ वर्षीय पत्रकार मुकेश कुमार ठाकुर र सोही ठाउँका सोही रेडियोमा कार्यरत २१ वर्षीय नितेश यादवलाई सत्यसाँई कन्सट्रक्सनका संचालक बिजेन्द्र सिंहको निर्देशनमा ज्यान मार्ने प्रयास गरिएको छ ।
नेपाल सरकारले असार महिनादेखि भदौसम्म कुनै पनि खोलाबाट वालुवा, गिटटीलगायतको कुनै पनि उत्खन्न र ओसारपसार गर्न रोक लगाउँदै आएको वेलामा चारनाथ खोलामा गरिदै आएको अवैध खोला उत्खन्नको रिर्पोटिङ गर्न पुगेका पत्रकारद्धयलाई जंगलमा अपरिचित १०÷१२ जनाको संख्यामा रहेका युवाहरुले असार ८ गते आक्रमण प्रयास गरेको पिडित पत्रकार मुकेशकुमार ठाकुरले बताउनुभयो ।
आफुलाई जंगलमा घेरेर आक्रमण प्रयास गर्ने युवाहरु सोही दिन राति पत्रकार मुकेश कुमार ठाकुरको घर धनुषाधाम नपा–८ कुम्हरामा आएर घरको ढोकामा जथाभावि आएर तोडफोड गरेको पिडित पत्रकार ठाकुरले बताउनुभयो ।
त्यसाँई कन्सट्रक्सनले अवैध तरिकाले गर्दै आएको अवैध उत्खन्नको समाचार नछाप्न दवाव दिने हिसावले आफुमाथि आक्रमण प्रयास भई रहँदा सोही राती मुकेश ठाकुरको ज ६ प ८१८१ नम्बर पुरानो डिस्कभर मोटरसाइकल घरबाटै उनीहरुले लिएर गएको पिडितको आरोप छ ।
पत्रकारमाथि आक्रमणको घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर तिर्थराज कार्कीले आफुलाई मौखिक रुपमा मात्रै जानकारी गराइएको भएपनि लिखित रुपमा उजुरी नपरेको बताउनुभयो ।
ता, पिडित पत्रकारद्धय मुकेश कुमार ठाकुर र नितेश यादवको उपस्थितीमा जनता समाजवादी पार्टी निकट मानिने पत्रकारहरुको संगठन प्रेस नेपाल प्रदेश २ का उपाध्यक्ष सुरेश कुमार यादवले प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ का प्रमुख डिआईजी धीरज प्रताप सिंहलाई अवैध खोला उत्खन्नको रिपोर्टिङमा पुगेका पत्रकारमाथि आक्रमण प्रयास गरिनु, घरमै आएर ढोका फोडेने र मोटरसाइकल लिएर जानु प्रेस स्वतन्त्रता उपर सिधै हस्तक्षेप भएकाले दोषीहरुलाई नियन्त्रणमा लिई कारवार्ही गर्न माग गर्दै असार १० गते बुलेका ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा जंगलमा आक्रमणको प्रयास गर्नु, घरमै आएर धम्की दिई घरकोा ढोका फोडनु, मोटरसाइकल लिएर जानुले पत्रकारद्धयको जीउ ज्यानको सुरक्षा सहित घटनाका दोषीलाई कारवाहीको माग सहित ज्ञापन पत्र बुझाएको प्रेस नेपाल प्रदेश २ का उपाध्यक्ष सुरेश यादवले बताउनुभयो ।
गतै, प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर तिर्थराज कार्कीलाई फोन गरि दोषीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवार्ही प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभएको बताउनुभयो ।