भ्रष्टाचारमा लिप्त प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरले अव निगेटिभलाई समेत पोजेटिभ रिर्पोट दिदै


धनुषा,०७७ असार १६ गते ।
प्रदेश २ को जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले असार १५ गते कोरोना भाइरस टेष्टको रिर्पोट पोजेटिभ देखिएको त्यही व्यक्तिको रिर्पोट बागमती प्रदेशको प्रयोगशालाले निगेटिभ पुष्टि गरेपछि जनकपुरको प्रयोगशालाको टेष्टप्रति शंका उत्पन्न भएको छ ।


असार १५ गते साँझ प्रादेशिक अस्पतालले रौतहट जिल्ला स्वास्थ्य कार्यालयका ४ जना कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै पोजेटिभ रिर्पोट दिएको थियो ।

तर संक्रमित भनिएका ती व्यक्तिहरु कुनै पनि संक्रमित व्यक्तिहरुको नजिकसमेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीको पोजेटिभ रिपोर्ट आएपछि शंका लागेर असार १५ गते राति नै स्वाव संकलन गरेर बागमती प्रदेशको हेटौंडामा विशेष अनुरोध गरेर परीक्षण गराउँदा जनकपुरमा पोजेटिभ देखिएका व्यक्तिहरुको रिर्पोट भने निगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताउनुभयो ।


यस अघि समेत २ पटक जनकपुरको प्रादेशिक प्रयोगशालाले गलत रिर्पोट दिई सकेको छ । पटक पटक जनकपुरको प्रादेशिक प्रयोगशालाबाट गलत रिर्पोट दिइनुले जनकपुर प्रयोगशालाको कर्मचारीहरुको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको रौतहत स्वास्थ्य प्रमुख साहले बताउनुभयो ।


गौर अस्पतालका एक कर्मचारीको छोरामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि असार ११ गते स्वास्थ्य कार्यालय रौतहटका २३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि जनकपुर पठाइएको थियो । जसमध्ये १२ जनाको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो ।


यता, जनकपुरको प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले आफुहरुले असार ११ गते स्वाव संकलन गरिएको थियो, हामीले टेष्ट गरेर असार १५ गते रिर्पोट दियौ, तर कर्मचारीहरु आइसोलेशनमा बस्ने डरले हतार हतारमा अन्य प्रदेशको प्रयोगशालामा गएर पुनः स्वाव संकलन गरि टेष्ट गराएकाले गर्दा यो ४ दिनको भित्रमा कोरोना भाइरसको संक्रमण ठिक भएको हुन सक्ने बताउनुभयो ।


प्रयोगशला प्रमुख साहले स्वास्थ्य कार्यालय रौतहटका कर्मचारीहरु आइसोलेशनमा बस्ने डरले गर्दा समेत अन्य व्यक्तिको स्वाव संकलन गरेर बागमती प्रदेशको प्रयोगशालामा पठाएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, हामीलाई त्यति फुर्सद छैन,कि हाम्रो टोली गएर ती संक्रमित रिर्पोट आएका व्यक्तिहरुको स्वाव संकलन गरेर पुनः पोजेटिभ देखाउन ।


प्रादेशिक प्रयोगशालामा कमिसनको खेलमा कर्मचारीहरु भर्ना गरेर सर्वसाधारणहरुको कोरोना भाइरस जस्तो संवेदनशिल रिर्पोटमा गम्भिर नभएकाले गर्दा कार्यरत कर्मचारीहरुको कार्यक्षमताप्रति प्रश्न चिन्ह उठनु स्वभाविक नै रहेको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार