नागरिकता विद्येयकविरुद्ध जसपाको काठमाण्डौदेखि जनकपुरसम्म विशाल प्रदर्शन


धनुषा, ०७७ असार १६ गते ।
जनता समाजवादी पार्टीले पार्टी एकता पछि पहाडदेखि तराइसम्म असार १६ गते विशाल जनप्रदर्शन गरेको छ । सरकारले विदेशी नागरिकसंग विवाह गरि नेपाल ल्याएमा ७ वर्षपछि अंगिकृत नागरिकता दिने भनी संसदमा विचाराधिन रहेकाले उक्त नागरिकता विद्येयकको विरुद्वमा जसपा विरोधमा उत्रेका हुन् ।


जसपाका केन्द्रिय नेताहरुको सहभागिता रहेको विशाल प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको थियो । प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए ।


यता, प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जसपाले गरेको शतिm प्रदर्शनमा हजारौ नेता कार्यकताहरुको बाक्लो उपस्थिती रहेको थियो । विरोध जुलुसमा समाजवादी पार्टीका सचेतक उमाशंकर अडगरिया सहित प्रदेश २ सरकारका मन्त्रीहरु देखि केन्द्रिय देखि स्थानिय तह सम्मका नेता कार्यक्रताहरुको बोक्लो सहभागिता थियो ।


नागरिकता विद्येयक खारेज गर, ओली तिम्रो पाराले दुःख पायो साराले, जसपा नेपाल जिन्दावाद विरोध प्रदर्शनको मुख्य नारा देखियो । जनकचौकवाट सुरु भएको जुलुस जानकी मन्दिर, भानुचौक हुदै पुनः जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

नकपुरधामको विरोध प्रदर्शनमा बोल्दै प्रतिनिधीसभा सांसद अडगरियाले मधेशको महिला मात्र नभई युवाको भविष्य समेत समाप्त गर्न विद्येयक ल्याइएको बताए । प्रदेश सांसदहरु परमेश्वर साह र रामअशिष यादवले पौरानिक काल देखिको मधेश र भारतको सुमधुर सम्बन्धलाई समाप्त गर्न रोटीबेटीको सम्बन्धमा दरार उत्पन्न गर्न खेल खेलिएको बताए ।

प्रदेश २ का मन्त्रीहरु जितेन्द्र सोनल, ज्ञानेन्द्र यादव शैलेन्द्र प्रसाद साह सहितकाले समेत जुलुसमा सहभागि भएर विरोध जनाएका छन् । जसपाले प्रदेश २ को जनकपुरधाम सहित सप्तरीको राजविराज, सिरहाको लहान र सिरहा, महोतरीको जलेश्वर, सर्लाहीको मंलगवा, रौतहटको गौर, बाराको कलैया र बिरगंजमा एकै साथ प्रदर्शन गरेको छ ।

सप्तरीमा देखि पर्सा सम्म केन्द्रीय नेताहरुको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा विरोध प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित विरोधसभालाई जसपाका सांसद उमाशंकर अडगरिया, प्रदेश सांसद परमेश्वर साह, रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नेतृ ममता चौधरी, जितेन्द्र यादव सहितकाले सम्बोधन गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार