• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शहिदनगर नगरपालिकाको बजेट ५४ करोड बढी बजेट विनियोजन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
असार १६, २०७७, ९:०६ PM
0
शहिदनगर नगरपालिकाको बजेट ५४ करोड बढी बजेट विनियोजन

धनुषा,०७७ असार १६ गते ।

राष्ट्रिय गौरवको योजनाहरु ल्याएर प्रदेश नं. २ मै फड्को हानेको धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५४ करोड बढी बजेट विनियोजन गरेको छ ।आज (सोमबार) सम्पन्न भएको नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो ।

जसमा राजस्व बाँडफाँड तर्फ ९ करोड ४७ लाख ३३ हजार ५ सय ८० रहेको छ ।यसका साथै, यसपाली कोभिड–१९ को कारण प्रभावित भएका विपन्न समुदायलाई, विपन्न परिवार र व्यक्तिलाई श्रममूलक योजनाहरु लगाएर प्रत्यक्ष रोजागरी सृजना गरिने जनाइएको छ ।

लकडाउन र कोभिडका कारण प्रभावित गर्भवति महिला, अपाँग, बालबालिकाहरुलाई केन्द्रीत गरी विशेष राहत प्याकेजको कार्यक्रमलाई मूर्तरुप दिइने मेयर बरबरियाले बताए । बरबरियाका अनुसार, कोभिड सम्बन्धी समेचतात्मक कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु सँचालन गरी क्षमता अभिवृद्धिको तालिमहरु सँचालन गरिने छ । कोभिड १९ कारण डिप्रेषण, तनावमा रहेका लक्षित वर्गहरुलाई मनो परामर्श सेवाको पनि सुविधा यसै वर्षदेखि सँचालन गरिने जनाईएको छ ।

यसपालीको बजेटमा शिक्षा र कृषि आधुनिकीकरणमा विशेष जोड दिइएको छ । आउँदो आर्थिक वर्षमा नगरभरिको विद्यालयहरुलाई डिजिटल प्रविधिमा लैजाने योजना अघि सारिएको हो । यस्तै, कृषि क्षेत्रलाई पनि आधुनिकीकरणलाई प्राथमिकीकरण गरिएको हो । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) को अध्यक्षता एव्म मेयरका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता देबेन्द्र भर्खेरको प्रमुख आतिथ्यमा सौहार्द वातावरणमा सम्पन्न भएको नगरसभाबाट विद्यालयलाई डिजिटलाईज गर्ने बताइएको छ ।

सो क्रममा नगरभित्रको समुदायिक विद्यालयहरुमा डिजिटल हाजिरी सहित एप्स मार्फत डाटाहरु सँकलन गर्ने र अध्ययन अध्ययापनको अन्य क्रियाकलापहरु गरिने जनाइएको छ । विद्यालयलाई डिजिटलाईज गर्नुका साथै इच वन टिच वन को माध्यमबाट साक्षरता अभियान चलाइने भएको छ । समाजिक विकास तर्फ फोहोर व्यवस्थापन र सरसफाईलाई दोस्रो प्राथमिकतामा राखिएको नगर प्रमुख उदय कुमार बरबरियाले जानकार दिए । उनका अनुसार, फोहोर फाल्नेलाई टिप्न लगाउने अभियान समेत नगरमा सँचालन गरिने छ । यसका साथै, लैँगिक समानता, खेलकूद, स्वास्थ्य र आयूर्वेद, खानेपानी तथा सरसफाई, साँस्कृतिक प्रवद्र्धन, पूर्वाधार विकास, महिला तथा बालबालिका विकास, भवन तथा सहरी विकास, पर्यटन, सहकारी, वितिय क्षेत्र, उर्जा लघु तथा साना जलविद्युत, सँचार सेवा, वातावरण तथा व्यवस्थापन, कृषि तथा पशुसेवा लगायतको सर्वागिँन क्षेत्रलाई समेटेर समृद्ध शहिदनगरको परिकल्पनालाई साकार पारिने जनाइएको छ ।

राष्ट्रिय गौरवको योजनाको रुपमा चालु आर्थिक वर्षमै ल्याइएको शहिद सूर्यनाथ रान प्रादेशिक स्टेडियम र शहिद कामेश्वर कुशेश्वर सुविधा सम्पन्न बस स्टैण्डको योजनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरी सम्पन्न गरिने लक्ष्य लिइएको हो ।

मेयर बरबरियाले यतिको सौहार्दपूर्ण वातावरणमा नगर सभा सम्पन्न गराइदिएकोमा सम्पूर्ण पक्षमा आभार प्रकट गरे । नगरसभामा नगरपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, नगरभित्रका सम्पूर्ण जनप्रतिनीधि, विभिन्न राजनीतिक दलका नेताहरु, अगुवा, समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

8 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

9 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In