भैसी र कोट पाइन्ट नदिएको भन्दै महोत्तरीमा महिलाको हत्या

असार-१६, महोत्तरी/  महोत्तरीको सम्सी गाउपालिकामा एक महिला मृत अबस्थामा भेटिएकी छन ।

सरिरभरी निलडाम सहित २२ बर्षिय सुनिला यादब असार -१४ गते आफ्नै घरमा मृत भेटिएकी हुन ।

उन्को मृत्युसगै स्थानिय बासिन्दा र माइती पक्षले यादबको घरपरिवारले हत्या नै गरेको दाबी गरेका छन ।

२०७१ सालमा बर्दिबास-१० बाट बिवाह गरि सम्सी गाउपालिका पुगेकी यादबलाइ दाइजो कै  निउमा बेला बेलामा घर परिवारले  दुख दिने गरेको स्थानिय बासिन्दाहरुको भनाइ छ ।

यता माइती पक्षले पनि आफ्नी छोरीको हत्या नै गरेको आरोप लगाएका छन । बिवाहमा राम्रो सुट पाइन्ट नदिएको भन्दै सुनिलालाइ उन्का श्रीमान सन्जिब यादबले पीडा दिने गरेको उनिहरुको भनाइ छ ।

असार-१३ गते राती पनि सुनिलाका श्रीमान सन्जिब यादब र ससुरा महेश राय यादबको मिलोमतोमा दाइजो कै निउमा कुटपिट गर्दा मृत्यु भएको  माइती पक्षले दाबी गरेका छन ।

सुनिला यादबको घर पक्षकालाइ किटानी जाहेरी सहित प्रसासनमा उजुरी समेत दिएको माइती पक्षले न्युज मार्गलाई जानकारी दिएका छन ।

उन्लाइ मारेको नै हुन सक्ने अनेकौ प्रमाण्हरु भेटिए

सुनिलालाइ मारेको नै हुन सक्ने घटनास्थलमा अनेकौ प्रमाणहरु भेटिएका छन ।
उन्को कपडा च्यातिएको छ भने सरिरभरी निलडाम छन । बायाँ तर्फको अँखामा गम्भीर चोट लागेको छ भने बायाँ पट्टीको गाला सुन्निएको देखिन्छ ।

घटनास्थल वरपर लठ्ठीहरु भाचिएका छन  भने केही लठ्ठीहरु फुटेको अबस्थामा भेटिएको बताइएको छ ।

त्यसै गरी सुनिलाका पाँच बर्षिय छोराले समेत  बुवाले आफ्नी आमालाइ धेरै मुक्का प्रहार गरेको देखेको बताएका छन ।

आमाले हारगुहार गरेर चिच्याउदा पनि बुवाले पिटन नछाडेको मृतक सुनिलाका छोराको भनाइ छ ।

सुनिला आफ्नै खुट्टामा उभिने र कसैको भर नपर्ने भन्दै माइतीलाइ फोन गरेकी थिईन ।

सुनिलाले केही दिन अगाडी माइत फोन गरेर आफू आफ्नै खुट्टामा उभिन लागेको बताएको स्मरण गरे ।

” अब म धेरै पीडा खप्न सक्दिन आफ्नै खुट्टामा उभिने प्रयास गर्ने छु ।” अघिल्लो हप्ता मात्र सुनिलाका दाइ बिष्णुले बहिनीले फोनमा गरेको स्मरण गर्दै बताए ।

आफ्नी बहिनीलाइ दाइजो कै निउमा हत्या गरेको पनि उन्ले आरोप लगाएका छन । बेला बेलामा आफ्ना ज्वाइले राम्रो सुट पाइन्ट तेरो माइतीले नदिएको भन्दै   दु:ख दिने गरेको उन्को भनाइ छ ।

यता प्रहरीले सुनिलाको लास पोष्टमार्टमका लागी पठाएको र आबस्यक अनुसन्धान भैइरहेको बताएको छ । आजसम्म पोष्टमार्टमको रिपोर्ट आइसक्ने पनी प्रहरीले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार