धनुषाको सवैलामा वडा अध्यक्षलगायतले महिला र पञ्चलाई कुटेको आरोप

०७६ मङ्सिर २७ गते ।
धनुषाको सवैला नपा १२ का वडा अध्यक्ष प्रदिप महतोलगायतका समुहले सोही वडाका अशेश्वर यादवकी ४० वर्षीय श्रीमती गुलो कुमारी यादव र जनउपा १९ बस्ने ४५ वर्षीय शिवलाल दासलाई निर्घात रुपमा कुटपिट गरेको पिडित शिवलाल दासले आरोप लगाउनुभएको छ ।
पिडित गुलो कुमारी यादवको जग्गा वडा अध्यक्ष प्रदिप महतोले हडपेको भन्दै सवैला नपाको न्यायिक समितीको दिएको निवेदनमाथि न्यायिक समितीका सभापति समेत रहनुभएकी उपमेयर निलु देवी कापरलगायत न्यायिक समितीका पदाधिकारी, गाउँका करिव २ सयको संख्यामा रहेका स्थानियहरुविच सवैला नपाको रघुनाथपुर बजारस्थित श्री द्धारिका आधारभुत विद्यालय अगाडीको बजारमा भेला भएका थिए ।
सार्वजानिक रुपमा बोलाएको छलफलको क्रममा वडा अध्यक्ष प्रदिप महतोलगायत सोही वडाका सोगला राइन, हदिश कवारी, विकास महतो, माया सरवरियालगायतका समुहले हात,खुटटाले भुइँमा पछारेर कुटपिट गरेको पिडित गुलो कुमारी यादवले आरोप लगाउनुभएको छ ।
पिडित गुलो कुमारी यादवका अनुसार करिव १० वर्षअगाडी आफनो पति र छोरा बैदेशिक रोजगारमै रहेको वेला वडा अध्यक्ष प्रदिप महतोले आफुले ट्याक्टर खरिद गर्ने भनेर पछि फिर्ता गरि दिने गरि आफनो नाममा जग्गा पास गरि आग्रह गरेपछि विश्वास गरेर आफनो नाममा रहेको साढे ५ कठठा जग्गा पास गरि दिएको तर पछि छोरीको विवाहमा जग्गा बेच्ने भनेर वडा अध्यक्ष प्रदिप महतोलाई भन्दा छोरीको विवाहमा खर्च गर्न ३ लाख रुपैया दिएको बताउनुभयो ।
यता, वडा अध्यक्ष प्रदिप महतोले १० वर्षअगाडी गुलो कुमारी यादवसंग ४ लाख २५ हजारमा जग्गा खरिद गरेको दावि गर्नुभएको छ । वडा अध्यक्ष महतोले सार्वजानिक भेलामा गुलो कुमारी यादवलाई तत्कालिन समयमा दिएको रुपैयाको ब्याजसहित ३६ लाख रुपैया दिए जग्गा फिर्ता गर्ने बताउँदै आउनुभएको स्थानिय ३६ लाख रुपैया माग गर्दै आउनुभएको भेलामा सहभागि राजाराम मण्डलले बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार