धनुषा,०७७ फागुन ३ गते ।
प्रदेश २ सरकारको ३ वर्षे कार्यकाल पुरा भएको छ । तिन वर्षे कार्यकालको क्रममा सरकारका मुख्यमन्त्रिदेखि लिएर मन्त्रि तथा सत्तापक्षका व्यक्तिहरुले व्यापक भ्रष्टाचार गरेको प्रदेश २ का जनताहरुको आरोप छ । २०७४ फागुन ३ गतेकै दिन मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।
प्रदेश २ सरकार गठन भएदेखि नै भ्रष्टाचारमा चुर्लुम डुबेको छ । प्रदेश २ सरकारमा मधेशवादीहरुको सरकार रहेकाले गर्दा समेत व्यापक मात्रामा भ्रष्टाचार हुने गरेको जनताहरुको गुनासो छ । प्रदेश २ सरकारका मुख्यमन्त्रिले सरकार गठन भएसंगै देखावटी लोकप्रियताका लागि बेटी पढाउ बेटी बचाउ अभियान संचालन गरेतापनि बैंकसंग कमिसनको कुरा नमिलेकै कारणले गर्दा मुख्यमन्त्रिको लोकप्रिय कार्यक्रम समेत प्रभु बैंकले बन्द गरि दिएको छ । मुख्यमन्त्रिलगायत निजी सचिवालयका भ्रष्ट व्यक्तिहरुकै कारणले गर्दा मुख्यमन्त्रि पटक पटक विवादित समेत हुदै आएको छ ।
प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको तीन वर्षे उपलब्धि सार्वजनिक गरेपनि दिर्घकालिन योजना तथा कार्यक्रम भने एउटा समेत देखिएको छैन् । मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै यसलाई समेत प्रदेश २ सरकारको उपलब्धिकै रुपमा राखेको छ ।
प्रदेश २ सरकारले मुख्यमन्त्रि बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गरेको दावि गरेका छन् । तीन वर्षे कार्यकालमा मुख्यमन्त्रिसहित मन्त्रि तथा सत्तापक्षका व्यक्तिहरु भ्रष्टाचारमा चुर्लुम डुवेको बेलामा आफुहरुलाई संघिय सरकारले सहयोग नगरेको भन्दै गुनासो समेत गरेका छन् ।
प्रदेश २ सरकार भ्रष्टाचार गर्न नपाएर वा कमिसनकै मोलजोलमा वर्षेनी अर्वो रकम फ्रिज गराउँदै आएको छ । तर संघिय सरकारले आफुहरुलाई सहयोग नगरेको मुख्ममन्त्रि राउतले बताएका छन् ।
एकलौटीमा रुपमा प्रदेश २ सरकारको उपलब्धि सार्वजानिक गरेको कार्यक्रममा विपक्षी दलका सांसदहरुलाइ समेत निम्तो दिएको छैन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !