• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

३ वर्षमा नाम र राजधानी दिन नसकेको असफल प्रदेश २ सरकार

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ३, २०७७, ७:३७ PM
0
प्रदेश २ सरकारले विपन्न परिवारका छोरीलाई मासिक ५ सय दिने गरे निर्णय

धनुषा,०७७ फागुन ३ गते ।
प्रदेश २ सरकारको ३ वर्षे कार्यकाल पुरा भएको छ । तिन वर्षे कार्यकालको क्रममा सरकारको तर्फबाट प्रदेश सरकारले प्रदेशको नाम र राजधानी समेत तोक्न सकेको छैनन् । संघियता कार्यान्वयनको क्रममा प्रदेश २ सरकारले आफनो नाम र राजधानी तोक्न नसक्दा प्रदेश २ का जनताहरु सरकारको कामकारवाहीप्रति असन्तुष्ट हुदै आएको छ ।


मुख्यमन्त्रिदेखि लिएर मन्त्रि तथा सत्तापक्षका व्यक्तिहरुले व्यापक भ्रष्टाचारमा लिप्त रहेकाले गर्दा जनताको काम गर्न नसकेको प्रदेश २ का जनताहरुको आरोप छ । २०७४ फागुन ३ गतेकै दिन मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । प्रदेश २ सरकार गठन भएदेखि नै भ्रष्टाचारमा चुर्लुम डुबेको छ । प्रदेश २ सरकारमा मधेशवादीहरुको सरकार रहेकाले गर्दा समेत व्यापक मात्रामा भ्रष्टाचार हुने गरेको जनताहरुको गुनासो छ ।


प्रदेश २ सरकारका मुख्यमन्त्रिले सरकार गठन भएसंगै देखावटी लोकप्रियताका लागि बेटी पढाउ बेटी बचाउ अभियान संचालन गरेतापनि बैंकसंग कमिसनको कुरा नमिलेकै कारणले गर्दा मुख्यमन्त्रिको लोकप्रिय कार्यक्रम समेत प्रभु बैंकले बन्द गरि दिएको छ । मुख्यमन्त्रिलगायत निजी सचिवालयका भ्रष्ट व्यक्तिहरुकै कारणले गर्दा मुख्यमन्त्रि पटक पटक विवादित समेत हुदै आएको छ ।


प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको तीन वर्षे उपलब्धि सार्वजनिक गरेपनि दिर्घकालिन योजना तथा कार्यक्रम भने एउटा समेत देखिएको छैन् । मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै यसलाई समेत प्रदेश २ सरकारको उपलब्धिकै रुपमा राखेको छ ।

प्रदेश २ सरकारले मुख्यमन्त्रि बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गरेको दावि गरेका छन् । तीन वर्षे कार्यकालमा मुख्यमन्त्रिसहित मन्त्रि तथा सत्तापक्षका व्यक्तिहरु भ्रष्टाचारमा चुर्लुम डुवेको बेलामा आफुहरुलाई संघिय सरकारले सहयोग नगरेको भन्दै गुनासो समेत गरेका छन् ।

प्रदेश २ सरकार भ्रष्टाचार गर्न नपाएर वा कमिसनकै मोलजोलमा वर्षेनी अर्वो रकम फ्रिज गराउँदै आएको छ । तर संघिय सरकारले आफुहरुलाई सहयोग नगरेको मुख्ममन्त्रि राउतले बताएका छन् ।


एकलौटीमा रुपमा प्रदेश २ सरकारको उपलब्धि सार्वजानिक गरेको कार्यक्रममा विपक्षी दलका सांसदहरुलाइ समेत निम्तो दिएको छैन् । प्रदेश २ सरकारले प्रदेश आफु राजीखुशी जनकपुर चुरोट कारखाना भवनलाई मधेश भवन भनेर नामाकरण गरेकोमा समेत यहाँका जनताहरुको आपत्ति रहेको छ ।

सम्बन्धित समाचार

सभामुखको निर्वाचन तालिका सार्वजनिक
राजनीतिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

२०७७/११/२३
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि
समाचार

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

२०७७/११/२३
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान
समाचार

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

२०७७/११/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मिनापका नयाँ कार्यसमितीलाई पद हस्तान्तरण, ६ श्रष्ठा सम्मानित

5 hours ago
प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

6 hours ago
सभामुखको निर्वाचन तालिका सार्वजनिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

6 hours ago
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

6 hours ago
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

1 day ago
४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार

छोरीमाथि बलात्कारको प्रयास गर्ने बुवा पक्राउ

1 day ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In