धनुषा,०७७ फागुन ९ गते ।
संघिय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले आइतवार पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई हटाउँदै डा.झालाई नियुक्त गरेकी थिइन् । मधेश भवन परिसर भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त प्रदेश प्रमुखलाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सरोजसिंह कुशवाहाले जनकपुर विमानस्थलमा स्वागत गरेका छन् ।
प्रदेश २ प्रमुख झालाई जनकपुर विमानस्थलमा नेकपा ओली समुहका विद्यार्थीहरुले १०१ किलोको माला लगाएर भब्य स्वागत गरेका थिए । प्रदेश २ प्रमुखलाई स्वागत गर्दै ओली समुहका विद्यार्थी नेताहरुले वर्तमान सरकारको पक्षमा नारावाजी समेत गरेका थिए ।
नेकपा ओली समुहका युवा विद्यार्थी नेताहरुले जनकपुर विमानस्थलमा भब्य स्वागतपछि मधेश भवनमा राज्यमन्त्रि सिंहले स्वागत गरेका थिए । यसअघि प्रदेश २ प्रमुख भएका तिलक परियारलाई जनकपुर विमानस्थलमा पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश २ का मन्त्री तथा राज्यमन्त्रीहरुले भब्य स्वागत गरेका थिए ।
संघिय सरकारले प्रदेश प्रमुखबाट परियारलाई हटाएर झालाई नियुक्त गरेपछि प्रदेश २ सरकार असन्तुष्ट देखिएको छ । प्रदेश प्रमुखलाई कार्यालयमा पदभार ग्रहण गर्दा कार्यालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नं. २ लाई उदाहरणीय बनाउने काममा बल पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !