इन्सपेक्टर साहको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन, घटनाको घटाएको आशंकामा ३ पक्राउ

०७६ मंङ्सिर २८ गते ।
धनुषाको क्षिरेश्वरनाथ नपा ५ मा भएको बम विस्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशंकर प्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानविन समिती गठन गरिएको छ । प्रहरी इन्स्पेक्टर साहको संयोजकत्वमा गठित समितीले अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक अवधेश यादवले जानकारी दिनुभएको छ ।
बम विस्फाट घटनामा सलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई मङ्सिर २८ गते बुलेका गिरफतार गरेको छ । प्रहरीले गिरफतार गर्नेहरुमा धनुषाको हंसपुर नपा २ की सितादेवी महरा, सोही ठाउँकी ललितादेवी महरा र मिथिला विहारी नपा १ का रामसोभित धानुक रहेका छन् ।

धेरै पढिएको

ताजा समाचार